Logo

२०८३, श्रावण २७गते


images
images

पहिरोका कारण तीन जिल्लाका प्रमुख राजमार्ग अवरुद्ध

पहिरोका कारण तीन जिल्लाका प्रमुख राजमार्ग अवरुद्ध

images
  • पहिरोका कारण तीन जिल्लाका प्रमुख राजमार्ग अवरुद्ध
    images
    images

    काठमाडौँ । लगातारको वर्षाका कारण पहिरो खस्दा लमजुङ, काभ्रे र सिन्धुपाल्चोकका प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।

    images
    images
    images

    लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्गमा आइतबार राति करिब ८: १० बजे माथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। उक्त स्थानमा वैकल्पिक सडक भने रहेको जनाइएको छ ।

    images
    images
    images

    त्यस्तै, काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली, नार्के क्षेत्रमा सोमबार बिहान करिब ४ बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    images
    images
    images

    त्यस्तै सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा पनि सोमबार बिहान करिब ५ बजे अरनिको राजमार्गमा माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    लगातारको वर्षाका कारण पहाडी तथा हिमाली जिल्लाका सडकमा पहिरो र लेदो खस्ने क्रम बढेकाले यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।