Logo

२०८३, श्रावण २७गते


images
images

परराष्ट्रमन्त्री खनालले संसदमा भने - सुगौली सन्धिको औपचारिक दस्ताबेज सरकारसँग भए नभएको यकिन छैन

परराष्ट्रमन्त्री खनालले संसदमा भने - सुगौली सन्धिको औपचारिक दस्ताबेज सरकारसँग भए नभएको यकिन छैन

images
  • परराष्ट्रमन्त्री खनालले संसदमा भने - सुगौली सन्धिको औपचारिक दस्ताबेज सरकारसँग भए नभएको यकिन छैन
    images
    images

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बेलायतसँग भएको १८१६ को सुगौली सन्धि र भारतसँग भएको १९५० को नेपाल-भारतमैत्री सन्धिका औपचारिक सम्झौताको रेकर्ड सरकारसँग भए नभएको यकिन नभएको बताएका छन् । 

    images
    images
    images

    सोमबारको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद निश्कल राईले सोधेको प्रश्नको जवाफ दिनेक्रममा मन्त्री खनालले बेलायतसँगको १८१६ को सुगौली सन्धि र भारतसँगको १९५० को नेपाल-भारत मैत्री सन्धिको रेकर्ड भए नभएको यकिन नभएको बताएका हुन् । 

    images
    images
    images

    उनले जवाफ दिदै भने- 'मेरो जानकारीमा आएअनुसार हामीसँग १८१६ को सुगौली सन्धि र १९५० सँग सम्बन्धित केही दस्ताबेजहरू छन् । तर, सन्धिको औपचारिक दस्ताबेज छन् या छैनन् भन्ने नेपाल सरकारसँग एकीन जानकारी छैन ।' 

    images
    images
    images

    उनले राष्ट्रिय अभिलेखालयमा केहि दस्ताबेजहरू रहेको जानकारी भए पनि ती सम्झौताका औपचारिक रेकर्ड हुन् या होइनन् भन्ने हालसम्म यकिन नभएको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।