Logo

२०८३, श्रावण २७गते


images
images

मधेशबाट ‘दाइजोमुक्त नेपाल’ अभियान सुरु गर्ने तयारी

मधेशबाट ‘दाइजोमुक्त नेपाल’ अभियान सुरु गर्ने तयारी

images
  • मधेशबाट ‘दाइजोमुक्त नेपाल’ अभियान सुरु गर्ने तयारी
    images
    images

    काठमाडौँ । दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र मधेसी आयोगका पदाधिकारीबीच छलफल भएको छ।

    images
    images
    images

    मन्त्रालयमा भएको छलफलमा दाइजोविरुद्ध जनचेतना विस्तार, कानुनको प्रभावकारी कार्यान्वयन तथा समुदायस्तरमा अभियान सञ्चालन गर्ने विषयमा विचारविमर्श भएको हो ।

    images
    images
    images

    मन्त्री बादीले ‘दाइजोमुक्त नेपाल’ निर्माण सरकारको मात्र नभई सम्पूर्ण समाजको साझा अभियान हुनुपर्ने बताइन्। उनले युवा, महिला, स्थानीय तह, शैक्षिक संस्था, सामाजिक तथा धार्मिक अगुवा र सञ्चारमाध्यमलाई अभियानमा सहभागी गराउनुपर्नेमा जोड दिइन् ।

    images
    images
    images

    छलफलमा मधेसी आयोगले मधेशमा देखिएका बालविवाह, घरेलु हिंसा, महिला तथा बालबालिकामाथिको हिंसा, शिक्षा–स्वास्थ्यमा पहुँचको कमी र मानव बेचबिखनलगायत समस्याबारे पनि सुझाव दिएको थियो ।

    दाइजो नलिने–नदिने संस्कार विकास गर्दै मधेशबाट अभियान सुरु गरेर क्रमशः देशव्यापी बनाउने मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।