Logo

२०८३, श्रावण २७गते


images
images

कोलम्बियाको भूकम्पमा मृत्यु हुनेको संख्या १३२ नाघ्यो

कोलम्बियाको भूकम्पमा मृत्यु हुनेको संख्या १३२ नाघ्यो

images
  • कोलम्बियाको भूकम्पमा मृत्यु हुनेको संख्या १३२ नाघ्यो
    images
    images

    काठमाडौँ । कोलम्बियामा पछिल्ला केही वर्षयताकै शक्तिशाली भूकम्प गएपछि कम्तीमा १३२ जनाको मृत्यु भएको छ । भूकम्पपछि सरकारले देशका प्रभावित क्षेत्रमा आपत्काल घोषणा गरेको छ ।

    images
    images
    images

    भूकम्पका कारण धेरै भवन भत्किएका छन् । भग्नावशेषमा अझै मानिसहरू फसेको हुन सक्ने भएकाले मृतकको संख्या थप बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । भूकम्पमा ४८० भन्दा बढी मानिस घाइते भएको कोलम्बियाको राजधानी सहरहरूको संघले सोमबार जारी गरेको विवरणमा उल्लेख गरेको छ ।

    images
    images
    images

    कोलम्बियाको भूगर्भसम्बन्धी निकायका अनुसार स्थानीय समयअनुसार बिहान ७ बजेर ३४ मिनेटमा ७.४ परिमाणको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब १०३ किलोमिटर गहिराइमा रहेको थियो ।

    images
    images
    images

    भूकम्पको धक्का पश्चिमी कोलम्बियाका सयौँ किलोमिटर टाढासम्म महसुस गरिएको थियो । सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये कोलम्बियाको कफी उत्पादनका लागि प्रसिद्ध क्षेत्र पनि रहेको छ । भूकम्पमा पेरिरा सहरमा सबैभन्दा धेरै जनधनको क्षति भएको बताइएको छ। आसपासका सहर तथा भाये देल काउका क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ ।

    भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तको सान होसे देल पालमार गाउँनजिक रहेको थियो । गाउँका प्रमुख लियोन फाबियो मारिन मोनकादाका अनुसार गाउँबाट बाहिरिने र भित्रिने सडकहरू क्षतिग्रस्त भए पनि त्यहाँ मानवीय क्षति नभएको बताइएको छ ।

    भूकम्पको केन्द्रबिन्दुबाट करिब ५५ किलोमिटर टाढा रहेको पेरिरा सहरमा भने ठूलो क्षति पुगेको छ । उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।