रौतहट । रौतहटको देबाहीगोनाहीस्थित लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ । मंगलबार नुहाउन गएका तीनमध्ये दुईको शव बुधबार बिहान फेला परेको हो । एक बालीका अझै बेपत्ता रहेकी छन् ।
देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका र १० वर्षीया सवनम खातुन र १० वर्षीय मोहमद रहमतुल्लाहको शव फेला परेको जिल्ला प्रहरी गौरले जनाएको छ । दुवै जनाको शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरी पुगेर बाहिर निकालेको थियो ।
नुहाउने क्रममा तीन बालबालिका हराएको सूचना पाएपछि मंगलबार दिउँसोदेखि सशस्त्र, नेपाल प्रहरी र स्थानीय खोजीमा जुटेका थिए । हराइरहेकामध्ये शेख खुरौसेदको १० वर्षीय छोरी रौशन खातुन अझै फेला नपरेको र उनको खोजी कार्य जारी प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology