Logo

२०८३, कार्तिक २८गते


images
images

इन्डोनेसियामा यात्रुवाहक पानीजहाजमा आगलागी : १०६ जनाको उद्धार

इन्डोनेसियामा यात्रुवाहक पानीजहाजमा आगलागी : १०६ जनाको उद्धार

images
  • इन्डोनेसियामा यात्रुवाहक पानीजहाजमा आगलागी : १०६ जनाको उद्धार
    images

    काठमाडौँ । इन्डोनेसियाको पर्यटकीय टापु बाली नजिकै बुधबार यात्रुवाहक पानीजहाजमा आगलागी भएपछि उद्धारकर्मीहरूले उद्धार कार्य तीव्र बनाएका छन् ।

    images
    images
    images

    खराब मौसम र समुद्रमा ठूलो छालका बीच उद्धारकर्मी तथा आसपासबाट गुज्रिरहेका अन्य पानीजहाजले १०६ जनालाई सुरक्षित निकालिसकेका छन् । पानीजहाजमा अझै २५ जना रहेको र उनीहरूको उद्धारका लागि प्रयास भइरहेको अधिकारीहरूले बताएका छन् ।

    images
    images
    images

    समुद्रमा करिब ४ मिटर अग्ला छाल उठिरहेकाले उद्धार कार्य निकै कठिन बनेको छ । खोज तथा उद्धार कार्यालयका अनुसार बालीको पादाङ बाई बन्दरगाहबाट पश्चिम नुसा तेङ्गारा प्रान्तअन्तर्गत छिमेकी लोम्बोक टापुको लेम्बर बन्दरगाहतर्फ गइरहेको ‘पुत्री यास्मिन’ नामक पानीजहाजमा आगलागी भएको थियो ।

    images
    images

    आगलागी भएको करिब आधा घण्टापछि आपत्कालीन सूचना प्राप्त भएपछि उद्धार कार्यालयले तत्काल उद्धारकर्मी तथा उद्धार पानीजहाज परिचालन गरेको थियो । उद्धार कार्यमा इन्डोनेसियाली नौसेनाका पानीजहाज, गस्ती नौका तथा उद्धार पानीजहाज परिचालन गरिएको छ। घटनास्थलको हवाई निरीक्षणका लागि हेलिकप्टरसमेत प्रयोग गरिएको अधिकारीहरूले बताएका छन् ।

    पादाङ बाई बन्दरगाह प्राधिकरणले उपलब्ध गराएको यात्रु विवरण उद्धृत गर्दै हरियादीले पानीजहाजमा ११४ यात्रु र १७ जना चालक दलका सदस्य रहेको बताएका छन्। पानीजहाजमा ४४ वटा सवारीसाधन र ५३ वटा मोटरसाइकलसमेत रहेका थिए ।

    इन्डोनेसिया १७ हजारभन्दा बढी टापु रहेको मुलुक हो । यहाँ एक टापुबाट अर्को टापुमा आवतजावत गर्न पानीजहाज र नौका व्यापक रूपमा प्रयोग हुन्छन् । तर कमजोर सुरक्षा व्यवस्थाका कारण यहाँ पानीजहाज दुर्घटना र अन्य विपद्का घटना बारम्बार हुने गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।