Logo

२०८३, श्रावण ३०गते


images
images

अपराध

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

images
  • प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
    images
    images

    काठमाडौं । प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने पर्वत फलेवास नगरपालिका-१ घर भएका ४६ वर्षीय हरि बहादुर रसाईलीलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी सहायक निरीक्षक पदमा खुल्ला तर्फ दरखास्त दिई लिखित लगायतका सबै परीक्षामा उतिर्ण भई अन्तर्वार्ता बाँकी रहेका आवेदकलाई आफ्नो गृहमन्त्रालयको विशिष्ट अधिकारीसँग राम्रो सम्बन्ध रहेको, अन्तर्वार्तामा नाम निकाली दिन्छु सेटिङ्ग मिलाउन १० लाख रकम लाग्ने भनि विश्वास दिलाई आफ्नो बैंक खातामा १० लाख रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो । 

    images
    images
    images

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।