Logo

२०८३, आश्विन ९गते


images
images

स्वदेश फर्किएपछि देउवाले भने- शक्ति प्राप्त गर्न नभई एकता सुदृढ गर्न फर्किए

स्वदेश फर्किएपछि देउवाले भने- शक्ति प्राप्त गर्न नभई एकता सुदृढ गर्न फर्किए

images
  • स्वदेश फर्किएपछि देउवाले भने- शक्ति प्राप्त गर्न नभई एकता सुदृढ गर्न फर्किए
    images
    images

    काठमाडौँ । करिब पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्किएको बताएका छन् । 

    images
    images
    images

    स्वदेश फर्किएपछि जारी सन्देशमा उनले आफ्नो स्वास्थ्यप्रति चासो र शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद दिँदै आफू देश र जनताको सेवामा समर्पित रहन चाहेको बताएका छन् ।

    images
    images
    images

    देउवाले युवा पुस्ताले उठाएको परिवर्तनको मागलाई कांग्रेसले आत्मसात् गर्नुपर्ने बताएका छन् । गत भदौको युवा आन्दोलनका जायज माग सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको उल्लेख गर्दै उनले परिवर्तन आवश्यक भए पनि विगतका पुस्ताको त्याग, संघर्ष र योगदानलाई नकारात्मक रूपमा प्रस्तुत गर्न नहुने बताए । परिवर्तनलाई विवेक, पारदर्शिता र न्यायका आधारमा अघि बढाउनुपर्ने उनको भनाइ छ ।

    images
    images
    images

    वर्तमान सरकारलाई जनताको परिवर्तनको आकांक्षा पूरा गर्ने जिम्मेवारी रहेको भन्दै देउवाले जनमतको सम्मान गर्न आग्रह गरेका छन् । उनले सरकार राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर जनताको अपेक्षा पूरा गर्ने दिशामा अघि बढ्नुपर्ने बताए । साथै, संविधानको संरक्षण र आवश्यक संशोधन राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने तथा सबै राजनीतिक दलबीच सहमति र सहकार्य आवश्यक रहेको धारणा राखेका छन् ।

    कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्नेमा जोड दिँदै देउवाले पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । युवा पुस्ता नेतृत्वमा आउनुपर्ने भए पनि अनुभवी पुस्तालाई पूर्ण रूपमा गलत ठहर गर्ने प्रवृत्ति उचित नभएको उनको भनाइ छ । आफ्नो लामो राजनीतिक अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो दायित्व रहेको उल्लेख गर्दै उनले विगतमा पार्टीभित्रका विवाद तथा मुलुकका जटिल राजनीतिक अवस्थामा मिलाप गराएको अनुभव आगामी दिनमा उपयोग गर्ने बताएका छन् ।

    देउवाले आफू पद वा शक्ति प्राप्त गर्ने उद्देश्यले नभई राष्ट्रिय एकता बलियो बनाउन फर्किएको बताएका छन् । विगतका विभाजन र विद्वेष अन्त्य गरी मेलमिलापको बाटो रोज्नुपर्नेमा जोड दिँदै उनले राष्ट्र, लोकतन्त्र, संविधान, कानुन र जनताको हितलाई जीवनभर सर्वोच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आफू नेता भएर नभई राष्ट्रको आजीवन नागरिकका रूपमा सेवा गर्न तयार रहेको उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।