Logo

२०८३, भाद्र १गते


images
images

राष्ट्र बैंकले भन्यो - नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा समस्या छैन

राष्ट्र बैंकले भन्यो - नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा समस्या छैन

images
  • राष्ट्र बैंकले भन्यो - नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा समस्या छैन
    images
    images

    काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

    images
    images
    images

    राष्ट्र बैंकले बैंकको सञ्चालन र व्यवस्थापन अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ । साथै, विद्यमान कानुनी व्यवस्थाका विषयमा आवश्यक राय र सुझाव लिएर थप छलफल भइरहेको जनाएको छ ।

    images
    images
    images

    राष्ट्र बैंकका अनुसार बैंकको तरलता तथा अन्य वित्तीय सबलताका सूचकहरू निर्धारित मापदण्डअनुसार सन्तोषजनक अवस्थामा छन् । त्यसैले अहिले बैंकको दैनिक कामकारबाहीमा कुनै समस्या आउने अवस्था नरहेको स्पष्ट पारेको छ ।

    images
    images
    images

    जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेकाले मुद्दाको प्रकृति, अवधि र गम्भीरतासहित बैंकको दैनिक अवस्थालाई समेत हेरेर आवश्यक कानुनी राय लिइने राष्ट्र बैंकले जनाएको छ। त्यसपछि कानुनबमोजिम बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा सञ्चालनका सम्बन्धमा आवश्यक कदम चालिने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।