Logo

२०८३, आश्विन ९गते


images
images

नेपाल विद्युत प्राधिकरणका ट्रेड युनियनद्वारा ११ बुँदे मागसहित ध्यानाकर्षण

नेपाल विद्युत प्राधिकरणका ट्रेड युनियनद्वारा ११ बुँदे मागसहित ध्यानाकर्षण

images
  • नेपाल विद्युत प्राधिकरणका ट्रेड युनियनद्वारा ११ बुँदे मागसहित ध्यानाकर्षण
    images
    images

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशील विभिन्न ट्रेड युनियनहरूले कार्यकारी निर्देशकलाई ११ बुँदे मागपत्र बुझाउँदै संस्थाभित्र रहेका श्रमिक, सेवा–सुविधा तथा व्यवस्थापकीय समस्याप्रति ध्यानाकर्षण गराएका छन् ।

    images
    images
    images

    संयुक्त रूपमा जारी गरिएको ध्यानाकर्षण पत्रमा युनियनहरूले नेपाल विद्युत प्राधिकरण स्थापना भएको ४१ वर्ष पूरा हुन लाग्दा संस्थालाई थप प्रभावकारी, सेवामुखी र कर्मचारीमैत्री बनाउन आवश्यक निर्णयहरू तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन् । युनियनहरूले प्राधिकरणको संस्थागत विकास, कर्मचारीको पेशागत हक–अधिकार तथा उपभोक्तालाई गुणस्तरीय सेवा प्रवाहका विषयलाई प्रमुख रूपमा उठाएका छन् ।

    images
    images
    images

    मागपत्रमा सरकारले बजेट वक्तव्यमार्फत विद्युतमा लगाएको कर तत्काल खारेज गर्न, कार्यसम्पादनका क्रममा ज्यान गुमाएका विद्युतकर्मीका परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्न तथा डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी विवादित बक्यौता रकम असुली प्रक्रिया अघि बढाउन माग गरिएको छ ।

    images
    images
    images

    यस्तै, ऊर्जा मिश्रण तथा बजारको सुनिश्चितता भएपछि मात्र थप विद्युत खरिद सम्झौता (पीपीए) गर्न, विद्युत आपूर्तिका लागि आवश्यक तार, पोल, ट्रान्सफर्मर र मिटरलगायत सामग्रीको अभाव तत्काल हटाउन तथा ज्यालादारी कर्मचारीलाई नियुक्ति प्रक्रिया र सामाजिक सुरक्षा कोषमा समावेश गर्न पनि युनियनहरूले माग गरेका छन् ।

    मागपत्रमा सावधिक जीवन बीमाको अवधि ५२ महिनासम्म वृद्धि गरी कार्यान्वयन गर्न, श्रम शोषणको माध्यम बन्दै आएको बताइएको आउटसोर्सिङको मापदण्ड हटाउन, O&M संरचनाको पुनरावलोकन गरी सहायकस्तर ४ सम्मका पदहरूमा तत्काल विज्ञापन गर्न तथा केही वितरण केन्द्रमा ठेक्कामार्फत सञ्चालित कार्य बन्द गर्नुपर्ने उल्लेख गरिएको छ ।

    त्यसैगरी, वार्षिकोत्सव भत्ता कम्तीमा एक महिनाको तलब बराबर उपलब्ध गराउनुपर्ने माग पनि अघि सारिएको छ ।

    ट्रेड युनियनहरूले प्रस्तुत मागहरू २०८२ साल साउन मसान्तभित्र सम्बोधन गरी कार्यान्वयन गर्न आग्रह गरेका छन् । अन्यथा प्राधिकरणको ४१औँ वार्षिकोत्सवको अवसरमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन् ।

    ध्यानाकर्षण पत्रमा नेपाल विद्युत प्राधिकरणमा क्रियाशील विभिन्न कर्मचारी तथा श्रमिक संगठनका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।