Logo

२०८३, श्रावण ३०गते


images
images

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

images
  • इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी
    images
    images

    काठमाडौँ । इन्डोनेसियाको पूर्वी नुसा तेङ्गारा प्रान्तस्थित फ्लोरेस क्षेत्रमा ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएपछि स्थानीय अधिकारीहरूले मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।

    images
    images
    images

    स्थानीय समयअनुसार बिहान करिब ५ बजे गएको भूकम्पको गहिराइ १५ किलोमिटर रहेको थियो । भूकम्पको केन्द्रबिन्दु पूर्वी नुसा तेङ्गाराको नागेकेओबाट करिब ३० किलोमिटर टाढा रहेको बताइएको छ ।

    images
    images
    images

    इन्डोनेसियाको मौसम, जलवायु तथा भूभौतिकी निकायले भूकम्पको प्रारम्भिक अध्ययनबाट पूर्वी नुसा तेङ्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेङ्गारा प्रान्तमा सुनामी आउन सक्ने सम्भावना रहेको बताएको छ ।

    images
    images
    images

    भूकम्प जादा इन्डोनेसियाको राजधानी जकार्तामा त्यसबेला बिहान ७ बजेर केही मिनेट भएको थियो ।

    राष्ट्रिय विपद् व्यवस्थापन निकायले भूकम्पपछि सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्नु र परकम्प तथा त्यससँग सम्बन्धित जोखिमबाट थप क्षति हुन नदिनु आफ्नो मुख्य प्राथमिकता रहेको जनाएको छ । साथै सर्वसाधारणलाई शान्त रहन तथा समुद्री तटीय क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ । साथै, भूकम्पका कारण चर्किएका वा संरचनागत क्षति भएका भवनमा प्रवेश नगर्न पनि सचेत गराइएको छ ।

    भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्न तीव्र रूपमा प्रारम्भिक मूल्याङ्कन भइरहेको जनाइएको छ । क्षति तथा मानवीय हताहतीसम्बन्धी तथ्याङ्क प्रमाणीकरण भएपछि सार्वजनिक गरिने विपद् व्यवस्थापन निकायले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।