Logo

२०८३, श्रावण ३०गते


images
images

रोनाल्डो र जर्जिनाले विवाहपछि सम्पत्ति अलग राख्ने व्यवस्था गरेको दाबी

रोनाल्डो र जर्जिनाले विवाहपछि सम्पत्ति अलग राख्ने व्यवस्था गरेको दाबी

images
  • रोनाल्डो र जर्जिनाले विवाहपछि सम्पत्ति अलग राख्ने व्यवस्था गरेको दाबी
    images
    images

    काठमाडौँ । विश्वका चर्चित फुटबल खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्ततः अर्जेन्टिना-स्पेनकी मोडल जर्जिना रोड्रिगेजसँग विवाह गरेका छन् । ४१ वर्षीय रोनाल्डो र ३२ वर्षीया जर्जिनाले ११ अगस्टमा निजी समारोहबीच विवाह गरेका हुन् ।

    images
    images
    images

    विवाहपछि यो चर्चित जोडीको आर्थिक व्यवस्थाबारे विभिन्न दाबी सार्वजनिक भएका छन् । मेक्सिकोको डिजिटल जीवनशैली तथा सम्बन्धसम्बन्धी प्रकाशन ‘एन परेजा’ को रिपोर्टअनुसार रोनाल्डो र जर्जिनाले विवाहमा ‘सम्पत्ति अलग राख्ने व्यवस्था’ रोजेका छन् ।

    images
    images
    images

    यस व्यवस्थाअनुसार विवाहअघि र विवाहपछि आर्जन गरिएको सम्पत्ति, आम्दानी तथा लगानी दुवैको व्यक्तिगत सम्पत्तिका रूपमा रहनेछ । भविष्यमा सम्बन्धविच्छेद भएमा दुवैको सम्पत्ति स्वतः बराबर भाग लाग्ने छैन ।

    images
    images
    images

    रिपोर्टअनुसार उक्त व्यवस्थाका कारण रोनाल्डोको फुटबलबाट हुने आम्दानी, विज्ञापन सम्झौता तथा व्यावसायिक लगानी उनकै नियन्त्रणमा रहनेछन् । यसमा साउदी क्लब अल नासरबाट प्राप्त हुने आम्दानी तथा होटल व्यवसायसमेत समावेश रहेको बताइएको छ । त्यसैगरी जर्जिनाको आफ्नै सम्पत्ति र आम्दानीमा पनि उनको व्यक्तिगत अधिकार कायम रहनेछ ।

    पोर्चुगलको पत्रिका ‘टिभी गुइया’ ले विवाह दर्तासँग सम्बन्धित केही सर्तबारे दाबी गरेको छ । रिपोर्टअनुसार सम्बन्धविच्छेद वा अलगावको अवस्था आएमा जर्जिनाले रोनाल्डोबाट मासिक करिब एक लाख युरो पाउन सक्ने व्यवस्था रहेको दाबी गरिएको छ । यद्यपि, यो रकम र उक्त सर्तबारे सार्वजनिक भएका विवरण सम्बन्धित सञ्चारमाध्यमका दाबीमा आधारित छन् । रिपोर्टमा म्याड्रिडको ला फिन्कास्थित रोनाल्डो र जर्जिनाको भव्य घरमा जर्जिनाको पूर्ण स्वामित्व रहने दाबीसमेत गरिएको छ । उक्त घरको अनुमानित मूल्य ५६ लाख अमेरिकी डलर रहेको बताइएको छ।

    रिपोर्टअनुसार विवाह समारोहमा रोनाल्डो र जर्जिनाका पाँचै जना सन्तान सहभागी थिए । विवाहका आधिकारिक साक्षीका रूपमा रोनाल्डोका पुराना निकट मित्र मिगेल पासाओ र जर्जिनाकी बहिनी इभाना रोड्रिगेजको नाम उल्लेख गरिएको छ । विवाहमा रोनाल्डोको पोर्चुगल राष्ट्रिय टोली वा अल नासरका कुनै सहकर्मी खेलाडी सहभागी भएको खबर भने सार्वजनिक भएको छैन । रोनाल्डो र जर्जिनाले विवाहलाई झैँ यस विषयलाई पनि निजी राखेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।