Logo

२०८३, आश्विन ९गते


images
images

देवदह आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थी आन्दोलित, वृद्धि गरिएको शुल्क फिर्ता लिईनुपर्ने माग

देवदह आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थी आन्दोलित, वृद्धि गरिएको शुल्क फिर्ता लिईनुपर्ने माग

images
  • देवदह आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थी आन्दोलित, वृद्धि गरिएको शुल्क फिर्ता लिईनुपर्ने माग
    images
    images

    राहुल देव सापकोटा, देवदह ।  देवदह नगरपालिकाको शितलनगरस्थित बनचौकिमा रहेको देवदह आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थीहरू आन्दोलित भएका छन् । भर्ना तथा मासिक शुल्क वृद्धि गरिएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन् । 

    images
    images
    images

    यसअघि शुल्क वृद्धि फिर्ता लिईनु पर्ने, शौचालय-पुस्ताकालय लगायतका आधारभुत पूर्वाधारको स्तरिय व्यवस्थापन गरिनुपर्ने लगायतका माग राख्दै अखिल क्रान्तिकारीले  क्याम्पस प्रशासनको ध्यानाकर्षण तथा निमित्त क्याम्पस प्रमुखको कार्यक्षमा तालावन्दी लगायतका कार्यक्रम गरेक थियो ।  अहिले सोहि माग राख्दै हाल नेपाल विद्यार्थी संघ (नेवि संघ) लगायतका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा स्नातक दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता बाक्लो रहेको छ । 

    images
    images
    images

    यस विषयमा कुरा गर्दै अखिल क्रान्तिकारीका देवदह नगर अध्यक्ष शिव काफ्लेले विद्यार्थीको माग प्रति क्याम्पस संचालक समिति र प्रशासन उदासिन रहेकोले विद्यार्थी आन्दोलित हुनुपरेको बताए । विद्यार्थीका माग पुरा नभएसम्म आफूहरूको आन्दोलन फिर्ता नहुने बताउदै उनले क्याम्पसले आर्थिक व्यवस्थापनका लागि अन्य उपाय अवलम्बन गरि विद्यार्थीलाई सहजताका साथ पढ्न पाउने बातावरण निर्माण गर्नुपर्ने बताए।  

    images
    images
    images

    हाल देवदह नगरपालिकाका नगरप्रमुख समेत रहेका क्याम्पस संचालक समितिका अध्यक्ष ध्रुब प्रसाद खरेलले निर्वाचनको बेला कक्षाकोठामै पुगेर आफुले निर्वाचन जिते शुल्क लगायतको विषयमा सहुलियत कायम गर्ने प्रतिबद्धता जनाए पनि निर्वाचन जितेपछि सोहि अनुसार काम नगरेको विद्यार्थीको आरोप छ।  सोमबार भएको विद्यार्थी र क्याम्पस प्रशासन विचको वैठकमा नगरप्रमुख समेत रहेका अध्यक्ष खरेलले वृद्धि भएको शुल्क तिर्न नसक्ने विद्यार्थी कोहि नभएको भनेर विद्यार्थीको चित्त दुखाएको विद्यार्थीको भनाइ छ।  

    यसबारे नगर प्रमख खरेलको प्रतिक्रिया लिन सम्पर्क खोज्दा सम्पर्क हुन सकेन।  प्रमुख खरेलको सचिवालयका सुनिल गिरिले खरेल कार्यक्रमा व्यस्त हुनुभएकोले मोबाइल स्विच अफ रहेको हुनसक्ने बताए।   

    यता निमित्त क्याम्पस प्रमुख जय किसन अधिकारीको भनाई भने फरक छ।  आफूहरूले विद्यार्थीलाई मर्कामा पार्ने गरि शुल्क वृद्धि नगरिएको बताउंदै उनले क्याम्पसको नियमित अपरेशन नै नचल्ने अवस्था आएको हुनाले शुल्क वृद्धि गर्नुपरेको बताए। शिक्षकले महिनौदेखि  तलब नपाईरहेको र आम्दानीको अन्य स्रोत नभएका कारण मंसिरमा बसेको क्याम्पस संचालक समितिको बैठकले नयाँ शैक्षिक सत्रबाट लागु हुनेगरी मासिक शुल्कमा १ सय रुपैया र भर्ना शुल्कमा १ हजार ५ सय वृद्धि गर्ने निर्णय गरेको बताए। निर्वाचनको समयमा हालका नगरप्रमुख समेत रहेका क्याम्पस अध्यक्षले कक्षाकोठामै गएर सहुलियत प्रदान गर्ने प्रतिबद्दता अनुसार काम नगरेको विद्यार्थीको आरोपबारे निमित्त क्याम्पस प्रमुख अधिकारीले भने - "उहाँ उम्मेदवार नहुदै क्याम्पसकै अध्यक्षको रुपमा विद्यार्थीलाई भेट्नु भएको हो।"

    यसअघि मासिक शुल्क ९ सय र प्रथम बर्षको भर्ना शुल्क ५ हजार तथा दोस्रो बर्षको भर्ना शुल्क ३ हजार ५ सय रहेकोमा हाल मासिक शुल्कमा १ सय र भर्ना शुल्कमा १ हजार ५ सय वृद्धि गरिएको हो।  देवदह आदर्श क्याम्पसमा ६ सय ५० बढी विद्यार्थी अध्ययनरत छन्। 

    क्याम्पसको प्रशासन कक्षमा विद्यार्थीले तालाबन्दी गरेका कारण रजिस्ट्रेसन फारम बुझाउन समस्या परेको क्याम्पस प्रशासनले जनाएको छन्। 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।