Logo

२०८३, भाद्र १गते


images
images

सरकारले रेडिसन होटलको ग्यास बारे गरेको टिप्पणीप्रति चेम्बरको आपत्ति

सरकारले रेडिसन होटलको ग्यास बारे गरेको टिप्पणीप्रति चेम्बरको आपत्ति

images
  • सरकारले रेडिसन होटलको ग्यास बारे गरेको टिप्पणीप्रति चेम्बरको आपत्ति
    images
    images

    काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे रेडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति आपत्ति जनाएको छ । चेम्बरले अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्दा होटलको व्यावसायिक प्रतिष्ठासँगै निजी क्षेत्र र समग्र पर्यटन उद्योगमा नकारात्मक असर पर्ने जनाएको छ ।

    images
    images
    images

    हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजनमा गरिएको अनुगमनका क्रममा होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै टिप्पणी गरिएको थियो । त्यसको प्रतिक्रिया दिँदै चेम्बरले पाँचतारे होटलमा दैनिक करिब ५० देखि ६० वटा ग्यास सिलिन्डर खपत हुनु स्वाभाविक रहेको जनाएको छ ।

    images
    images
    images

    होटलमा करिब २०० वटा सिलिन्डर मौज्दात रहनु पनि होटलको आकार र दैनिक खपतलाई हेर्दा अस्वाभाविक नभएको बताउदै चेम्बरले व्यावसय सञ्चालनका लागि आवश्यक मौज्दातलाई मात्र आधार बनाएर त्यसलाई गैरकानुनी गतिविधिसँग जोडेर निष्कर्ष निकाल्नु उचित नहुने बताएको छ ।

    images
    images
    images

    चेम्बरले कृत्रिम अभाव, अवैध कारोबार तथा कानुनविपरीतका गतिविधिको समर्थन नगर्ने स्पष्ट पार्दै वैध व्यवसायलाई हतोत्साहित गर्ने गरी अतिरञ्जित प्रचार गर्दा लगानीको वातावरणमा नकारात्मक असर पर्न सक्ने भन्दै सम्बन्धित निकायलाई संवेदनशील हुन आग्रह गरेको छ ।

    होटल तथा पर्यटनसहित अन्य व्यवसायमा आपूर्ति वा नियमनसम्बन्धी समस्या देखिए व्यवसायी र निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग संवाद तथा समन्वय गरी समाधान खोज्नुपर्ने चेम्बरले जनाएको छ। तथ्यमा आधारित सूचना, जिम्मेवार अभिव्यक्ति र सरोकारवालाबीचको संवादबाट पर्यटन तथा आतिथ्य क्षेत्रको विश्वास र दिगो विकास सुनिश्चित गर्नुपर्नेमा पनि चेम्बरले जोड दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।