कृष्ण अन्जान, पाल्पा । गाउँमा सबैले भनेपछि सँघियता पछिकाे पहिलो निर्वाचनमा वडा सदस्यकाे उम्मेदवार बनेर तानसेन नगरपालिका वडा न १४ बाट जितेकी टँकीकला विकले जनप्रतिनिधिकाे रुपमा पाँच वर्ष विताए पनि तरकारी व्यापारकाे डाेकाे भने कहिल्यै बिसाईनन्।
तानसेन नगरपालिका वडा नं. १४ रविदासमा घर भएकि टँकीकला दैनिक ५ किलोमिटर पैदल हिँड्दै डाेकाेमा तरकारी बाेकेर रिडीबजार आईपुग्छिन दिनभरि तरकारी बेच्छिन र साँझ घर फर्किन्छिन याे उनकाे दिनचर्या हाे ।
कहिले आफ्नो बारीमा लगाएकाे तरकारी त कहिले गाउँका किसान हरुकाे घरबाट खरिद गरेर उनले तरकारी रिडीबजारमा पुर्याउन थालेकाे साेह्र वर्ष वित्न थालेकाे छ ।
यहि तरकारी पेशाका कारण सबै सँग परिचित भएकाले २०७४ सालकाे निर्वाचनमा गाउँका सबैले उनलाई चुनाव लड्न सल्लाह पनि दिए र नेपाली काँग्रेसकाे टिकटबाट उनी विजयी भईन र दलित महिला सदस्यकाे रुपमा पाँच वर्ष विताईन ।
कहिल्यै राजनीतिमा हिँडेकी पनि थिईन तर सबैले पत्याएर जिताउनु भयाे । केही सिक्ने केही जान्ने मौका पाएँ सबैकाे सेवा गर्ने मौका पनि पाएँ उनले भनिन् ।
पाँचवर्षे वडा सदस्यकाे कार्यकाल भरि मिटिङ्गकाे दिन बाहेक अरुदिन तरकारीकाे डाेके व्यापारमा नै वित्थ्याे ।
गाउँमा खरिदेका सिमी, बाेडि,मुला, काँक्रा, करेला,
घिरम्ला, गाेलभेँड, साग र सिजन अनुसारका हरेक तरकारी बाेकेर रिडी बजार पुग्छिन उनी ।
केटाकेटि पढ्दै छन, बुढि सासू श्रीमानले मात्र कमाएर नपुग्ने, मैले पनि केही कमाउन सकेँ भनेर याे तरकारी व्यापार राेजेकी हुँ । हुन पनि तरकारी बेचेरै उनले छाेरा छाेरी पढाएकी मात्र छैनन पक्की घर समेत बनाएकी छन ।उनका छाेराले यतिबेला स्नातक पढिरहेका छन भने छाेरीले एसइइ दिएकि छन ।
त्यसाे त उनका पति नेत्रलाल विक पनि घर ठेक्कालिने काम गर्छन सँगै सिकर्मी पनि हुन । दुवैजनाकाे परिश्रम ले दुईछाक खान उनिहरुकाे परिवारलाई दुख छैन ।
वडा सदस्यकाे चुनाव जितेपछि उनलाई तरकारीकाे डाेके व्यापार छाड । अब त नेता भयौ भनेर धेरैले भने । नेता बन्दैमा आफ्नो पेशा छाडेर कसैले खान दिन्छ र ? मैले बरु राजनीति छाड्न सक्छु तर तरकारीको डाेके व्यापार छाड्न सक्दिन भने ,याे पटक पनि उठ त भनेका हुन भाे बाबै अघाईयाे भनेर उठिन टँकीकलाले भनिन् ।
रिडीबजार क्षेत्रमा टँकीकलाकाे डाेके तरकारी व्यापार यति ब्रान्ड बन्याेकि एकदिन नआए उनलाई पटकपटक पटक तरकारीका ग्राहकले फाेन गर्छन् ।
नगद र उधारो दुवै व्यापार हुने उनले गर्ने तरकारी व्यापार बाट वर्षको पाँचलाख सम्म आम्दानी हुने गरेकाे उनकाे भनाई छ ।
जीवनका चौवालिस बसन्त पूरा गरेकी टँकीकलालाई कतिबेला पनि थकाई लाग्दैन । पाँच वर्ष तानसेन नगरपालिका वडा न ४ कि सफल जन प्रतिनिधि बनेर कार्यकाल पूरा गरेकी टँकीकला विककाे डाेके व्यापारकाे कार्यकाल भने निरन्तर जारी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology