Logo

२०८३, कार्तिक २८गते


images
images

सन्धिखर्क–गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह

सन्धिखर्क–गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह

images
  • सन्धिखर्क–गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
    images

    बुटवल । लगातार भइरहेको वर्षाका कारण सन्धिखर्क–गोरुसिङ्गे सडकखण्डअन्तर्गत शितगंगा नगरपालिका–१२ को बसेरीमा सडक भासिएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सडक जोखिमपूर्ण भएकाले अत्यावश्यक काम नपरेसम्म रातिको समयमा उक्त सडक प्रयोग नगर्न यात्रुलाई आग्रह गरेको छ ।

    images
    images
    images

    प्रशासनले सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्राको क्रममा सावधानी अपनाउन तथा सम्भव भएसम्म रातिको यात्रा नगर्न अनुरोध गरेको जनाएको छ । 

    images
    images

    प्रशासनले भनेको छ 'अविरल परिरहेको वर्षाका कारण सन्धिखर्क-गोरुसिङ्गे सडकखण्ड अन्तर्गत शितगंगा नगरपालिका, वडा नं. १२ स्थित बसेरी भन्ने स्थानमा जमिन भासिन गई सडक अवरुद्ध भएको हुँदा यात्रु महानुभावहरुले अत्यावश्यक काम नपरेसम्म रातिको समयमा उक्त सडक प्रयोग गरी यात्रा नगर्नु/नगराउनुहुन हार्दिक अनुरोध छ ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।