Logo

२०८३, भाद्र १गते


images
images

जनकवि दुर्गालाल श्रेष्ठको निधन

जनकवि दुर्गालाल श्रेष्ठको निधन

images
  • जनकवि दुर्गालाल श्रेष्ठको निधन
    images
    images

    काठमाडौँ । नेपालभाषा र नेपाली भाषाका जनकवि, गीतकार, नाटककार तथा चिन्तक दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ ।

    images
    images
    images

    श्रेष्ठको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो । उनी पछिल्लो समय अस्वस्थ थिए ।

    images
    images
    images

    श्रेष्ठले पछिल्लो छ दशकदेखि निरन्तर साहित्य सिर्जना गर्दै आएका थिए । उनले नेपालभाषासँगै नेपाली भाषामा कविता, गीत, नाटक तथा अन्य साहित्यिक विधामा महत्वपूर्ण योगदान दिएका छन्। नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि उनलाई ‘जनकवि’को उपाधिबाट सम्मान गरेको थियो ।

    images
    images
    images

    उनले नेपाली रङ्गमञ्चमा नौलो प्रयोगका रूपमा ‘रामबहादुरको संसार’ जस्तो नाटक लेखेका थिए । उनका नाटकबाट मदनदास श्रेष्ठ र हरिहर शर्माजस्ता कलाकारले रङ्गमञ्चमा पहिचान बनाएका थिए ।

    श्रेष्ठ स्वरसम्राट् नारायणगोपालका प्रिय गीतकारका रूपमा पनि परिचित थिए । अम्बर गुरुङको सङ्गीतमा निर्मला श्रेष्ठले गाएको ‘सयथरि गोडा एउटै चाल’ तथा न्ह्यू बज्राचार्यको सङ्गीतमा रहेको ‘फूलको आँखामा फूलै संसार’ उनका चर्चित गीत हुन् । ‘फूलको आँखामा फूलै संसार’ नेपाली संगीतप्रेमीको मनमुटुमा बस्न सफल उनको लोकप्रिय सिर्जनामध्ये एक हो । उनका कविता, गीत र नाट्य सिर्जनाले नेपाली तथा नेपालभाषाको साहित्य र संगीत क्षेत्रमा दीर्घकालीन प्रभाव छाडेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।