Logo

२०८३, भाद्र १गते


images
images

रणवीर सिंहको ‘प्रलय’को छायांकन सुरु

रणवीर सिंहको ‘प्रलय’को छायांकन सुरु

images
  • रणवीर सिंहको ‘प्रलय’को छायांकन सुरु
    images
    images

    काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहले आफ्नो नयाँ फिल्म ‘प्रलय’ को छायांकन सुरु गरेका छन् । निर्माण पक्षका अनुसार यो संसारको अन्त्यतर्फ उन्मुख संकटको कथामा आधारित फिल्म हो ।

    images
    images
    images

    मुम्बई सहरको पृष्ठभूमिमा आधारित फिल्ममा ठूलो विपत्तिबीच मानिसको जीवन जोगाउन गरिने संघर्षलाई प्रस्तुत गरिने बताइएको छ । फिल्ममा रणवीर मुख्य भूमिकामा देखिनुका साथै सहनिर्माताको जिम्मेवारीसमेत सम्हालिरहेका छन् । फिल्ममा दक्षिण भारतीय अभिनेत्री कल्याणी प्रियदर्शनले रणवीरसँग मुख्य भूमिका निर्वाह गर्नेछिन् । ‘लोका’बाट चर्चा बटुलेकी कल्याणी र रणवीर पहिलोपटक पर्दामा जोडीका रूपमा देखिन लागेका हुन् । 

    images
    images
    images

    फिल्मको निर्देशन ‘स्क्याम १९९२’ र ‘लुटेरे’ बाट परिचित निर्देशक जय मेहताले गरिरहेका छन् । फिल्मलाई यथार्थपरक देखाउन मुम्बई र आसपासका वास्तविक स्थानमा छायांकन गरिने निर्माण पक्षले जनाएको छ । छायांकन सुरु गर्नुअघि निर्माण टोलीले धेरै महिनासम्म प्राविधिक तयारी गरेको थियो । ‘प्रलय’को निर्माण अनन्या बिड्लाको बिड्ला स्टुडियो, हन्सल मेहता र साहिल सैगलको ट्रु स्टोरी फिल्म्स तथा माँ कसम फिल्म्सले संयुक्त रूपमा गरिरहेका छन् ।

    images
    images
    images

    रणवीरको पछिल्लो सफल फिल्म ‘धुरन्धर’ र त्यसको दोस्रो भाग ‘धुरन्धर : द रिभेन्ज’पछि ‘प्रलय’ उनको अर्को ठूलो पर्दाको फिल्मका रूपमा आएको हो । आदित्य धरको निर्देशनमा बनेका यी दुवै फिल्मले प्रदर्शनका क्रममा ठूलो सफलता हासिल गरेका थिए । ती दुई फिल्मको सफलतापछि ‘प्रलय’लाई रणवीरको अर्को महत्त्वपूर्ण र ठूलो लगानीको फिल्मका रूपमा हेरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।