देवदह । आगलागीबाट क्षति भएको वर्ल्डलिंक कम्युनिकेसन्सको देवदह–खैरेनीस्थित कार्यालय पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको छ ।
गत फागुनमा वर्ल्डलिंकको कार्यालय रहेको भवनमा आगलागी भएको थियो । आगलागीबाट कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएपछि वैकल्पिक व्यवस्थामार्फत वर्ल्डलिंकले सेवा सञ्चालन गरेको थियो ।
आगलागीपछि कार्यालयको आवश्यक पुनर्निर्माण तथा व्यवस्थापनको काम सम्पन्न गरी वर्ल्डलिंकले पुरानै स्थानबाट सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीका अनुसार नयाँ व्यवस्थापनसहितको कार्यालयबाट देवदह–खैरेनी–सुनवल क्षेत्रका ग्राहकलाई नियमित रूपमा सेवा प्रदान गरिनेछ ।
नयाँ कार्यालयको सोमबार २०८३ साल भदौ १ गते औपचारिक उद्घाटनसमेत गरिएको छ ।
पुनर्निर्माणपछि पुरानै स्थानबाट सेवा सुरु भएसँगै देवदह, खैरेनी तथा सुनवल आसपासका वर्ल्डलिंक ग्राहकलाई सेवा लिन सहज हुने कम्पनीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology