बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ परेका छन् ।
गेरुवा गाउँपालिका–५ जुगुतपुरका सरगम आचार्यले आफ्नै बुवा करिब ४९ वर्षीय टेकराज उपाध्यायलाई घरको कोठामा कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट टेकराजको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि प्रहरीले सरगमलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology