Logo

२०८३, आश्विन ९गते


images
images

कनेक्ट आईपीएसमा अनलाइन रजिस्टर गर्ने हरेकलाई रु. ५० को रिचार्ज

कनेक्ट आईपीएसमा अनलाइन रजिस्टर गर्ने हरेकलाई रु. ५० को रिचार्ज

images
  • सेतोमसी सहकर्मी
  • कनेक्ट आईपीएसमा अनलाइन रजिस्टर गर्ने हरेकलाई रु. ५० को रिचार्ज
    images
    images

    काठमाडौं । कनेक्ट आईपीएसले बैंक वित्तीय संस्थाका ग्राहकलाई लक्षित गर्दै ‘इलेक्ट्रिफाइङ अफर’ ल्याएको छ ।

    images
    images
    images

    असार महिनाभर सञ्चालन हुने यो अफरअन्तर्गत प्रयोगकर्ताले कनेक्ट आईपीएसमा अनलाइन रजिष्टर गरी, आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बर तथा ईमेल भेरिफाई गराउँदा सोही मोबाइल नम्बरमा रु. ५० को रिचार्ज पाउन सक्नेछन् ।

    images
    images
    images

    त्यसैगरी अफरको अन्त्यमा इलेक्ट्रिक स्कुटर जित्ने एक भाग्यशाली विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने कम्पनीले जनाएकाे छ ।

    images
    images
    images

    बैंकका ग्राहकले कनेक्ट आईपीएसको वेबसाइट वा मोबाइल एपमार्फत रजिष्टर गर्न सक्दछन् । यो अफर कनेक्ट आईपीएसमा नयाँ रजिष्ट्रेसन गर्ने बैंक/वित्तीय संस्थाका ग्राहकका लागि मात्र लागू हुने जनाइएकाे छ ।

    सोझै बैंक खाताबाट फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानी गर्न सकिनेगरी बैंक/वित्तीय संस्थाका ग्राहकलाई उपलब्ध रहेको कनेक्ट आईपीएस एकभन्दा बढी बैंक खाता लिंक गर्न सकिने प्लेटफर्म हो ।

    कम्पनीका अनुसार कनेक्ट आईपीएसमार्फत दैनिक औषत १०.८ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट हुने गरेकाे छ । - टेकपानाबाट साभार

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कनेक्ट आईपीएस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।