Logo

२०८३, आश्विन १०गते


images
images

छायाँ सरकारको झल्को दिनेगरि देवदहमा 'जनपक्षीय संयुक्त संयन्त्र' र विषयगत समिति गठन

छायाँ सरकारको झल्को दिनेगरि देवदहमा 'जनपक्षीय संयुक्त संयन्त्र' र विषयगत समिति गठन

images
  • छायाँ सरकारको झल्को दिनेगरि देवदहमा 'जनपक्षीय संयुक्त संयन्त्र' र विषयगत समिति गठन
    images
    images

    देवदह । छायाँ सरकारको झल्को दिने गरि रुपन्देहीको देवदहमा  'जनपक्षीय संयुक्त संयन्त्र देवदह' गठन गरिएको छ। स्थानीय तह निर्वाचन सम्पन्न भएर जनप्रतिनिधि निर्वाचित भए सङ्गै स्थानीय सरकारले गर्ने सकारात्मक कार्यको प्रचारप्रसार र गलत कार्यको खबरदारीका लागि संयन्त्र निर्माण गरिएको बताईएको छ ।

    images
    images
    images

    शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै यहाँ क्रियाशिल राजनीतिक दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओवादी, नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीको देवदह नगर कमिटीका अध्यक्षहरूले स्थानीय सरकारका निति, कार्यक्रम तथा त्यसको कार्यान्वयनको पक्षमा निगरानी राख्न संयन्त्र निर्माण गरिएको बताए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका देवदह अध्यक्ष टंक पोखरेलले स्थानीय सरकारको नीति तथा कार्यक्रम कस्तो बनाउने, जनप्रतिनिधि तथा कर्मचारीले गर्ने कार्य कसरी पारदर्शी र चुस्त दुरुस्त बनाउने र समग्रमा देवदहलाई कसरि समृद्द बनाउने भन्ने उदेश्यले संयन्त्र बनाइएको बताए ।

    images
    images
    images


    जनपक्षीय संयुक्त संयन्त्रले विभिन्न २९ बुदे सुझाव पत्र समेत बिज्ञप्तिमा उल्लेख गरेको छ। जस अन्तर्गत स्वास्थ्य बिमा प्रभावकारी नभएको यसलाई यथासिघ्र सच्याएर लैजानुपर्ने, कृषि पकेट क्षेत्र घोषणामा मात्रै सिमित भएकोले कार्यान्वयनमा समेत लैजानुपर्ने, दिगो विकास भनिए पनि विकास निर्माणका काम अल्पकालीन भएको देखिएकोले तत्काल सुधार गरेर लैजानुपर्ने, नदिजन्य पदार्थको उत्खनन र वितरण प्रणाली बैज्ञानिक हुनुपर्ने र विधि सर्व स्विकार्य र पारदर्शी हुनुपर्ने राज्यले टोकेको मापदण्ड अनुरुप बजेट शिर्षकमा रकम विनियोजन अनिवार्य हुनुपर्ने, भूमी व्यावस्थानको कार्य तीब्र गतिमा अघि बढाउनुपर्ने कार्यपालिकाले गरेको निर्णय सोही दिन प्रमाणीत गरि सार्वजनिक गर्नुपर्ने देवदह मण्डपको उचित तथा बैज्ञानिक ढंगले व्यवस्थापन हुनुपर्ने लगायत छन् ।

    साथै, उक्त संयन्त्रले नगरपालिकाले बनाउँने विषयगत समिति कै शैलीमा विभिन्न विषयगत समिति समेत गठन गरेको र गठित समितिले पालिकाका विषयगत समितिले गर्ने कार्यमा निगरानी, आवश्यक सुझाव र खबरदारी गर्ने नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गोविन्द ठटराईले बताए ।

    संयन्त्रको तर्फबाट जारी गरिएको बिज्ञप्तिमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गोबिन्द ठडराई, नेकपा एकीकृत समाजवादीका देवदह नगर अध्यक्ष टंक पोखरेल, राष्ट्रिय जनमुक्ति पार्टीका देवदह नगर अध्यक्ष डम्बर बहादुर थापा, राष्ट्रिय जनमोर्चाका धनु पाण्डे, क्रान्तिकारी माओवादीका तर्फ बाट ऋषिराम लामिछाने,नेकपा बाट राम प्रसाद काफ्ले, जनता समाजवादीका तर्फ बाट रमेश पाण्डेले हस्ताक्षर गरेका छन् ।

    हेर्नुहोस् पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति : IMG-20220617-WA0022.jpgIMG-20220617-WA0021.jpgIMG-20220617-WA0020.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।