Logo

२०८३, आश्विन ९गते


images
images

बिल गेट्सले दिए कृत्रिम बौद्धिकताका खतरा बारे चेतावनी

बिल गेट्सले दिए कृत्रिम बौद्धिकताका खतरा बारे चेतावनी

images
  • बिल गेट्सले दिए कृत्रिम बौद्धिकताका खतरा बारे चेतावनी
    images
    images

    काठमाडौँ । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासले रोजगारी र मानव जीवनमा गम्भीर जोखिम निम्त्याउन सक्ने चेतावनी दिएका छन् । 

    images
    images
    images

    बुधबार करिब ६ हजार शब्दको गेट्सनोट्स डट कममा लेख सार्बजनिक गर्दै गेटले यस्तो चेतावनी दिएका हुन् ।  उनले कृत्रिम बौद्धिकताबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण गर्नु विश्वकै प्रमुख प्राथमिकता हुनुपर्ने बताएका छन् ।

    images
    images
    images

    गेट्सका अनुसार प्रविधि उद्योगले कृत्रिम बौद्धिकताका सम्भावित जोखिमलाई जानाजान कम आँकिरहेको छ। यस क्षेत्रमा ठूलो मात्रामा लगानी भइरहेकाले कम्पनी तथा लगानीकर्ताले यसको जोखिमबारे सार्वजनिक रूपमा खुलेर बोल्न नचाहेको उनको भनाइ छ ।

    images
    images
    images

    गेट्सले कृत्रिम बौद्धिकताको क्षमता तीव्र रूपमा बढिरहेको कुरा निजी रूपमा बुझ्ने धेरै मानिस गम्भीर रूपमा चिन्तित रहेको बताएका छन् । तर, उनीहरू सार्वजनिक रूपमा आफ्नो चिन्ता व्यक्त गर्न तयार नभएको उनको भनाइ छ । उनका अनुसार कृत्रिम बौद्धिकताका जोखिमबारे खुलेर बोल्दा कम्पनीको आगामी लगानी तथा आर्थिक अवसरमा असर पर्न सक्ने भएकाले प्रविधि क्षेत्रका व्यक्तिहरू मौन बसिरहेका छन् ।

    गेट्सले यस वर्षको अन्त्यतिर चीनका राष्ट्रपति सी चिनफिङसँग भेट गर्ने इच्छा रहेको बताएका छन् । भेटमा कृत्रिम बौद्धिकताबाट उत्पन्न हुन सक्ने जोखिम घटाउन विश्वव्यापी पहल अघि बढाउने विषयमा छलफल गर्ने उनको योजना छ । उनले अमेरिकाले जोखिमपूर्ण कृत्रिम बौद्धिकता प्रणालीमा प्रतिबन्ध लगाउने पहल गरेमा चीनले पनि त्यसलाई पछ्याउन सक्ने धारणा राखेका छन् ।

    गेट्सले देशहरूले कृत्रिम बौद्धिकताको प्रयोगबाट जैविक हमला तथा आणविक हतियार निर्माण गर्न सकिने सम्भावनामा विशेष निगरानी राख्नुपर्ने बताएका छन् ।

    कृत्रिम बौद्धिकताको व्यवस्थापन तथा नियमनका लागि नयाँ अन्तर्राष्ट्रिय संस्था आवश्यक रहेको उनको प्रस्ताव छ । यस्तो संस्थाको संरचना आणविक निरीक्षण व्यवस्था, हवाई उड्डयनसम्बन्धी नियम तथा ओजोन तह संरक्षणका लागि भएका अन्तर्राष्ट्रिय सम्झौताबाट सिकेर बनाउन सकिने उनको धारणा छ ।

    गेट्सले कृत्रिम बौद्धिकताले ठूलो संख्यामा रोजगारी विस्थापित गर्न सक्ने विषयमा पनि चिन्ता व्यक्त गरेका छन् । साथै, यसले मानिसलाई मनोवैज्ञानिक रूपमा प्रभावित तथा निर्भर बनाउन सक्ने जोखिम रहेको बताएका छन् ।

    उनले कृत्रिम बौद्धिकताको क्षमता देखाउने पछिल्ला साइबर सुरक्षा परीक्षणलाई पनि गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । उनका अनुसार ओपनएआई, एन्थ्रोपिक र मेटा प्लेटफर्मका प्रविधिले साइबर सुरक्षा परीक्षणका क्रममा वास्तविक वेबसाइटमा अनधिकृत प्रवेश गर्न सफल भएका घटना निकै चिन्ताजनक छन् । गेट्सले यस्ता घटना कृत्रिम बौद्धिकता कति शक्तिशाली बन्दै गएको छ भन्ने संकेत भएको भन्दै यसको विकाससँगै सुरक्षा र नियन्त्रणका उपायलाई पनि समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बिल गेट्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।