Logo

२०८३, आश्विन ९गते


images
images

भोटेकोशी बाढी अपडेट: नेपालसहित ३२ देशका ६६७ पर्यटक अझै बेपत्ता

भोटेकोशी बाढी अपडेट: नेपालसहित ३२ देशका ६६७ पर्यटक अझै बेपत्ता

images
  • भोटेकोशी बाढी अपडेट: नेपालसहित ३२ देशका ६६७ पर्यटक अझै बेपत्ता
    images
    images

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि ३२ देशका ६६७ पर्यटक तथा नेपाली नागरिक अझै सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

    images
    images
    images

    नेपाल पर्यटन बोर्डको बिहीबार साँझसम्मको अपडेट अनुसार बाढीमा सबैभन्दा धेरै भारतका १७८ जना सम्पर्कविहीन छन् भने नेपालका १२७ जना पर्यटक सम्पर्कविहीन रहेका छन् ।

    images
    images
    images

    देशअनुसार सम्पर्कविहीन हुने पर्यटकमा भारतका १७८ जना, नेपालका १२७ जना, अमेरिकाका ६५ जना, मलेसियाका ५१ जना, युक्रेनका ५३ जना, अष्ट्रेलियाका ३५ जना, बेलायतका ३३ जना, क्यानडाका २५ जना, चीनका २४,  सिंगापुरका ९ जना, जर्मनी र रुसका ८- ८ जना रहेको बोर्डले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै, लात्भिया र दक्षिण अफ्रिकाका ६-६ जना, जापान र न्यूजील्याण्डका ५-५ जना, फ्रान्सका ४ जना, बेल्जियम र स्पेनका ३-३ जना, इटाली, आयरल्याण्ड, काजकिस्तान, नेदरल्याण्डस, पोर्चुगलका २-२ जना सम्पर्कविहिन रहेका छन् ।

    त्यसैगरी, बेलारुस, हंगेरी, इजरायल, लिथुआनिया, फिनल्याण्ड, फिलिपिन्स, सर्बिया, स्विडेन र स्वीजरल्याण्डका एक एक पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ । बोर्डले कुल ६६७ जना बाढीपछि हालसम्म फेला नपरेका वा सम्पर्कमा नआएका व्यक्तिका रूपमा राखिएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।