Logo

२०८३, आश्विन ९गते


images
images

नाटकीय पुनरागमनपछि हारबाट जोगियो पीएसजी

नाटकीय पुनरागमनपछि हारबाट जोगियो पीएसजी

images
  • नाटकीय पुनरागमनपछि हारबाट जोगियो पीएसजी
    images
    images

    काठमाडौँ । फ्रान्सेली शीर्ष डिभिजनअन्तर्गतको खेलमा पिएसजीले लिलेसँग २-२ गोलको बराबरी खेलेको छ । दुई गोलले पछि परेको पिएसजीले खेलको अन्तिम समयमा दुई गोल गर्दै हार टारेको हो ।

    images
    images
    images

    खेलको २१औँ मिनेटमा हाकोन हाराल्डसनले गोल गर्दै लिलेलाई सुरुआती अग्रता दिलाएका थिए । ओलिभियर जिरुडको उत्कृष्ट पासमा हाराल्डसनले शक्तिशाली प्रहार गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाएका थिए ।

    images
    images
    images

    पिएसजीले बराबरी गोलका लागि लगातार प्रयास गरे पनि लिलेले आफ्नो रक्षापंक्ति मजबुत राखेको थियो । दोस्रो हाफमा पनि लिलेले पिएसजीलाई दबाबमा राख्दै खेलको अन्तिमतिर आफ्नो अग्रता दोब्बर बनाएको थियो ।

    images
    images
    images

    खेलको ८४औँ मिनेटमा दिलाने बाक्वाले गोल गर्दै लिलेलाई २-० को अग्रता दिलाएका थिए । त्यसपछि लिले जितको नजिक पुगेको देखिएको थियो । तर खेलको थपिएको समयमा पिएसजीले नाटकीय पुनरागमन गरेको थियो । खेलको ९०औँ मिनेटपछि भिटिन्हाले उत्कृष्ट प्रहारमार्फत गोल गर्दै अन्तर २-१ मा झारेका थिए । त्यसको केही मिनेटपछि कप्तान मारक्विन्होसले हेडमार्फत गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याएका थिए । भिटिन्हाको पासमा मारक्विन्होसले गरेको गोलसँगै पिएसजीले दुई गोलले पछि परेको अवस्थाबाट अंक खोस्न सफल भएको हो ।

    यो लगातार दोस्रो खेल हो, जसमा पिएसजीले दुई गोलले पछि परेको अवस्थाबाट बराबरी नतिजा निकालेको छ । यसअघि सिजनको पहिलो खेलमा पनि पिएसजी रेनेससँग २-२ गोलको बराबरीमा रोकिएको थियो ।

    बराबरीपछि पिएसजीले लिगको सुरुआती दुई खेलबाट दुई अंक मात्र जोडेको छ । लिले भने चार अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।