Logo

२०८३, आश्विन ९गते


images
images

मर्जरपश्चात् अब यस्तो बन्दैछ ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’

मर्जरपश्चात् अब यस्तो बन्दैछ ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’

images
  • सेतोमसी सहकर्मी
  • मर्जरपश्चात् अब यस्तो बन्दैछ ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’
    images
    images

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ । नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैँकले अंगिकार गरेको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर/एक्वीजिसन नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्र (MOU) मा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा मेगा बैंक नेपाल लिमिटेडको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले हस्ताक्षर गर्नुभएको हो । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता शेयर पाउने छ ।

    images
    images
    images

    मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने प्रारम्भिक सहमति भएको छ । साथै मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी महादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ ।

    images
    images
    images

    चुक्ता पूँजी
    नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड ५९ लाख ५६ हजार रुपैयाँ पुग्नेछ । अहिले एनआईबिएलको चुक्ता पूँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ र मेगा बैंकको चुक्ता पूँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

    images
    images
    images

    जेगडा कोष
    एनआईबिएल बैंकको जगेडा कोष १४ अर्ब ८२ करोड ३६ लाख २ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको जगेडा कोष ५ अर्ब ९१ करोड ६५ लाख ५८ हजार रुपैयाँ रहेको छ । मर्जरपश्चात २२ अर्ब ३५ करोड २२ लाख ६ हजार रुपैयाँ पुग्नेछ ।

    लोन (कर्जा)
    एनआईबिएल बैंकको कर्जा १ खर्ब ७३ अर्ब ४६ करोड १९ लाख ९६ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको १ खर्ब ५० अर्ब ४५ करोड ९३ लाख ४४ हजार रुपैयाँ रहेको छ । मर्जरपश्चात् बन्ने बैंकको कर्जा ३ खर्ब २३ अर्ब ९२ करोड १३ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

    डिपोजिट (निक्षेप)
    मर्जरपश्चात् बैंकको निक्षेप ३ खर्ब २७ अर्ब ६२ करोड ३ लाख ६७ हजार रुपैयाँ पुग्नेछ । हाल एनआईबिएल बैंकको निक्षेप १ खर्ब ८० अर्ब २ करोड १३ लाख ४४ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको १ खर्ब ४७ अर्ब ५९ करोड ९० लाख २३ हजार रुपैयाँ रहेको छ ।

    कूल सम्पत्ति
    एनआईबिएल बैंकको कूल सम्पत्ति २ खर्ब ३७ अर्ब ७२ करोड ३० लाख ९ हजार रुपैयाँ र मेगा बैंकको कूल सम्पत्ति २ खर्ब ७ अर्ब १४ करोड ९४ लाख ४६ हजार रुपैयाँ गरी कूल सम्पत्ति ४ खर्ब ४४ अर्ब ८७ करोड २४ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

    खुद ब्याज आम्दानी
    एनआईबिएल बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ९० करोड ७५ लाख २९ हजार रुपैयाँ र मेगा बैंकको ३ अर्ब ९५ करोड ७५ लाख ६९ हजार रुपैयाँ गरी कूल ७ अर्ब ८६ करोड ५० लाख ९८ हजार रुपैयाँ पुग्नेछ ।

    सञ्चालन नाफा
    चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनआईबिएल बैंकको सञ्चालन नाफा ३ अर्ब ६२ करोड ५९ लाख १३ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको २ अर्ब ९९ करोड ९२ लाख ४९ हजार रुपैयाँ रहेको छ । मर्जरपश्चात बन्ने बैंकको सञ्चालन नाफा ६ अर्ब ६२ करोड ५१ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

    खुद नाफा
    चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनआईबिएल बैंकको खुद नाफा २ अर्ब ४७ करोड ७२ लाख ६२ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको २ अर्ब १ करोड ४५ लाख ३४ हजार रुपैयाँ रहेको छ । मर्जरपश्चात् बैंकको खुद नाफा ४ अर्ब ४९ करोड १७ लाख ९६ हजार रुपैयाँ पुग्नेछ ।

    वितरणयोग्य नाफा
    चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनआईबिएल बैंकको वितरणयोग्य नाफा ४५ करोड २२ लाख २६ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको वितरणयोग्य नाफा ९६ करोड १७ लाख ९५ हजार रुपैयाँ रहेको छ । मर्जरपश्चात् बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड ४० लाख २१ हजार रुपैयाँ पुग्नेछ ।

    प्रतिशेयर आम्दानी (ईपीएस)
    एनआईबिएल बैंकको ईपीएस १८.०४ रुपैयाँ रहेको छ भने मेगा बैंकको १६.६६ रुपैयाँ रहेको छ । मर्जरपश्चात बैंकको ईपीएस १८.२५ रुपैयाँ पुग्नेछ ।

    शाखा–एटिएम
    एनआईबिएल बैंकको शाखा ८८ वटा र एटिएम १३१ वटा रहेका छन् भने मेगा बैंकको शाखा २२८ वटा र एटिएम ४० वटा रहेका छन् । मर्जरपश्चात बैंकको शाखा संख्या ३१६ वटा र एटिएम २७१ वटा पुग्नेछन् ।

    कर्मचारी
    हाल नेपाल इन्भेष्टमेन्ट बैंकका १ हजार ५०६ जना र मेगा बैंकसँग १ हजार ७१२ जना कर्मचारी रहेका छन् । मर्जरपश्चात कर्मचारी संख्या ३ हजार २१८ जना पुग्नेछन् - बैंकिङ्गखबरबाट साभार

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।