एजेन्सी । इथियोपियामा २ सय बढी सर्वसाधारणको हत्या भएको छ । देशको ओरोमिया क्षेत्रमा भएको आक्रमणमा जातीय अम्हारा समुदायका मानिसहरुको हत्या भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
इथोपिया अफ्रिकाको दोस्रो ठूलो जनसंख्या भएको देश हो । त्यहाँ जातीय तनाव जारी रहिरहेका बेला पछिल्लो डरलाग्दो हिंसा भएको हो । स्थानिय प्रत्यक्षदर्शीले भने ३२० शव भेटिएको बताएका छन ।
गिम्बी काउन्टीका स्थानीय अब्दुल–सेद ताहिरले आफूले २३० शवहरू गनेको र यो आफ्नो जीवनकालको नागरिकविरुद्धको सबैभन्दा डरलाग्दो हमला भएको बताएको एसोसिएटेड प्रेसले जनाएको छ । शनिबारको आक्रमणबाट आफू मुस्किलले उम्किएको उनले बताए ।
ती शवलाई सामूहिक चिहानमा गाडिएको पनि उनले बताए । अर्का एक प्रत्यक्षदर्शीले पनि आफ्नो सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् । ओरोमिया समुदाय अहिले अर्कै क्षेत्रमा स्थानान्तरण हुन खोजेको प्राप्त विवरणमा जनाइएको छ ।
आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन् । आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology