Logo

२०८३, आश्विन १०गते


images
images

काठमाडौँको पेप्सीकोलामा आगलागी: १० पसल र ३ घरमा क्षति

काठमाडौँको पेप्सीकोलामा आगलागी: १० पसल र ३ घरमा क्षति

images
  • काठमाडौँको पेप्सीकोलामा आगलागी: १० पसल र ३ घरमा क्षति
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोला प्लानिङमा गएराति भएको आगलागीबाट १० वटा पसल र ३ वटा पक्की घरमा क्षति पुगेको छ । आगलागीमा ६ वटाभन्दा बढी घर तथा टहरा पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

    images
    images
    images

    गएराती भएको आगलागी काठमाडौँ महानगरका तीन दमकल, ३० जना अग्नि नियन्त्रक र दुई पानी ट्याङ्करसहितको टोली, नेपाली सेना तथा छिमेकी पालिकाका दमकलसमेत परिचालन गरेर नियन्त्रणमा लिइएको थियो ।

    images
    images
    images

    आगलागीका क्रममा ग्यास सिलिन्डर पड्किएपछि आगो थप फैलिएको थियो । काठमाडौं क्याफे, बेम्बो कटेज, तरकारी पसल, सेकुवा क्याफे र खाद्यान्न पसललगायतका संरचनामा क्षति पुगेको छ ।

    images
    images
    images

    महानगरपालिकाको अग्नि नियन्त्रक टोली तथा सम्बन्धित निकायको समन्वयमा आगलागी नियन्त्रणमा लिइएको थियो। घटनामा मानवीय क्षति भने भएको छैन ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पेप्सीकोलामा आगलागी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।