देवदह । देवदहको खैरेनीस्थित साधना पोलिक्लिनिकले आयोजना गरेको रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको छ ।
आइतबार बिहान पोलिक्लिनिकको परिसरमा आयोजित कार्यक्रममा स्थानीय तथा पोलिक्लिनिकसँग सम्बन्धित व्यक्तिहरूले रक्तदान गरेका थिए ।
कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाअन्तर्गत रक्त सञ्चार सेवा केन्द्र, बुटवलले गरेको थियो ।
साधना पोलिक्लिनिकले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको क्लिनिकका प्रबन्ध निर्देशक डा. बिष्णु ढकालले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology