Logo

२०८३, आश्विन १०गते


images
images

अध्यक्षका छोराले गरे गाउँपालिकाको गाडी तोडफोड

अध्यक्षका छोराले गरे गाउँपालिकाको गाडी तोडफोड

images
  • सेतोमसी सहकर्मी
  • अध्यक्षका छोराले गरे गाउँपालिकाको गाडी तोडफोड
    images
    images

    ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार चढ्ने गाडी तोडफोड भएको छ। अध्यक्षका छोरा ज्योति गच्छदारले मंगलबार बुबाले प्रयोग गर्दै आएको गाउँपालिकाको गाडी तोडफोड गरेका हुन्।

    images
    images
    images

    मंगलबार बजेट निर्माणलगायत, विभिन्न समिति बनाउने विषयमा नेपाली काँग्रेसबाट बहुमतसहित निर्वाचित अध्यक्ष थारुले एमालेबाट निर्वाचित वडाध्यक्षलाई कार्यपालिकाभित्रका विभिन्न समितिहरूको जिम्मेवारी नदिने भनेपछि विवाद सुरु भएको थियो। गाउँपालिकाकी उपाध्यक्ष गुणावती देवी थारुले कुनै पनि समितिमा एमालेलाई स्थान नदिने अध्यक्षले बताएपछि विवाद सुरु भएको हो। लामो छलफलपछि अध्यक्षले एमालेका वडाध्यक्षलाई केही समितिमा राख्ने सहमति दिए।

    images
    images
    images

    ‘बैठक सकेर कार्यालय बाहिर निस्कँदै गर्दा गाउँपालिकाका अध्यक्षका छोराले गेटमै गाडी तोडफोड गरेका हुन्,’ उपाध्यक्ष थारुले भनिन्, ‘अध्यक्ष चढ्ने गाडीको चाबी मैले खोसेर लिएँ। कार्यपालिकाको बैठकमा गाडी तोडफोड गरिएको विषयमा कुरा उठाउँदै पहिला छोरालाई कानुनी कारबाही गर्नु होस् अनि मात्रै अन्य कुरामा अघि बढ्यौं। बाबुसँगको रिस छोराले सरकारी गाडीमा पोखे। सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनु कानुनीविपरीत कार्य हो।’ तर, अध्यक्षको छोराले कानुनविपरीत कार्य गर्दासमेत कसैले कारबाही गर्ने कुरा उठाएनन् उनले भनिन्।

    images
    images
    images

    त्यसपछि सर्वदलीय बैठक बोलाइयो। म एक्लै भएका कारण छलफलमा प्रहरी, प्रशासनलाई बोलाउने काम मैले नै गरेको हुँ, उपाध्यक्ष थारुले भनिन्, ‘कारबाही गर्नुपर्छ भनेर अडिक रहे पनि आफू एक्लै भएकाले केही चलेन। बैठकमा चौतर्फी दबाब दिँदै उनीहरुको बहुमत भएका कारण एक पटक माफी दिने प्रस्तावमा सबैले सहमती गर्दै हस्ताक्षर गरे। अन्तिममा म एक्लै भएकाले  बाध्य भएर मैले पनि हस्ताक्षर गर्नु परेको हो।’

    प्रदेश १ को १ झ ५७८ नम्बरको गाडी कार्यालयबाट बाहिर जाँदै गर्दा कार्यालय नजिक रहेको तेतरिया चोकमा अध्यक्षका छोरा ज्योतिले मंगलबार तोडफोड गरेको प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार साहले बताए। तोडफोडबाट गाडीको सिसा फुटेर क्षति भएको छ। ‘गाडी किन तोडफोड गरिएको थाहा छैन,’ प्रमुख प्रशासकीय अधिकृत साहले भने, ‘तर, आज (बुधबार)कार्यालयमा भएको छलफका क्रममा घरायसी कारणबाट ज्योतिले गाडी तोडफोड गरेको खुलेको छ।’

    बुधबार गाउँपालिका अध्यक्षसहित सबै जनप्रतिनिधि, प्रहरी र प्रशासनका प्रतिनिधिहरुका साथै ज्योतिबीच छलफल गरिएको थियो। छलफलमा ज्यातिले माफी मागेको र अब उप्रान्त यस्तो गल्ती नगर्ने प्रतिबद्धता जनाएको प्रमुख प्रशासकीय अधिकृत साहले बताए। उनले छलफलमा ज्योतिले माफी मागेकाले एक पटक माफी गर्ने र अब उप्रान्त यस्तो कार्य नगर्ने भनेर कागज गरिएको छ।

    गाउँपालिकाको गाडी तोडफोड गर्ने अध्यक्षका छोरा ज्योतिले मर्मत गर्ने गरी सहमती भएको साहले बताए। - नागरिक दैनिकबाट

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।