Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य

मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान

मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान

images
  • मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
    images
    images

    काठमाडौँ । नेपालले एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था कायम राखेको भन्दै विश्व स्वास्थ्य संगठनले सम्मान गरेको छ ।

    images
    images
    images

    टिमोर-लेस्टेको राजधानी डिलीमा जारी विश्व स्वास्थ्य संगठन दक्षिण-पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकका क्रममा नेपाललाई उक्त सम्मान प्रदान गरिएको हो । बैठकमा नेपालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी रहेको छ ।

    images
    images
    images

    बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा र सुरक्षित प्रसूति अभ्यासमार्फत नेपालले मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको उपलब्धि निरन्तर कायम राखेको भन्दै विश्व स्वास्थ्य संगठनले सम्मान गरेको हो । संगठनका महानिर्देशकले प्रतिनिधिमण्डल प्रमुख डा. मिश्रालाई सम्मानपत्र हस्तान्तरण गरेका थिए। सम्मानपत्रमा नेपालको उपलब्धिले दक्षिण-पूर्वी एसियामा मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राख्ने सामूहिक प्रयासमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरिएको छ ।

    images
    images
    images

    यसैबीच, नेपालमा आएको विनाशकारी बाढीका कारण स्वास्थ्य प्रतिकार्य, समन्वय तथा जीवनरक्षाका कार्यमा प्रत्यक्ष खटिनुपर्ने भएकाले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता बैठकमा सहभागी हुन सकेकी छैनन्। उनले भिडियो सन्देशमार्फत बाढीबाट सिर्जित संकट र प्रभावित समुदायको अवस्थाबारे जानकारी गराउँदै जलवायु न्याय तथा स्वास्थ्य क्षेत्रमा जलवायु वित्तको आवश्यकता औँल्याएकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।