Logo

२०८३, आश्विन ११गते


images
images

वायुसेवा निगमको महाप्रबन्धकमा वरिष्ठ कप्तान ज्वारचन नियुक्त

वायुसेवा निगमको महाप्रबन्धकमा वरिष्ठ कप्तान ज्वारचन नियुक्त

images
  • वायुसेवा निगमको महाप्रबन्धकमा वरिष्ठ कप्तान ज्वारचन नियुक्त
    images
    images

    काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकमा अस्थायी नियुक्ति दिएको छ ।बिहीबारको मन्त्रिपरिषद्‌ बैठकले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेपछि रिक्त रहेको निगमको नेतृत्व सम्हाल्न निगमकै न्यारोबडी विमानका प्रशिक्षक पाइलटसमेत रहेका ३५ वर्षीय ज्वारचनलाई अर्को व्यवस्था नभएसम्मका लागि अस्थायी नियुक्ति दिइएको हो ।

    images
    images
    images


    ‘मन्त्रिपरिषद्‍को निर्णयअनुसार नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा १ बमोजिम निगमको महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी नियुक्ति गरिएको छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी पत्रमा भनिएको छ ।

    images
    images
    images

    १५ वर्षअघि निगमको टुइनअटर विमानका लागि कोपाइलटका रुपमा प्रवेश गरेका ज्वारचन ०७६ असारदेखि ०७८ फागुनसम्म निगमको पाइलट तथा क्याबिन क्रू विभागका निर्देशक थिए ।

    images
    images
    images

    ७ हजार घण्टा जहाज उडाएको अनुभव भएका उनी समाजशास्त्रका स्नातकोत्तर हुन् । कोभिड माहामारी सुरु भएपछि चीनको बुहानलगायत खाडी मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने कार्यको नेतृत्व यिनैले गरेका थिए । यिनैको कार्यकालमा निगमको वाइडबडी जहाज अस्ट्रेलिया पहिलोपटक उडेको थियो ।

    मुस्ताङ घर भएका ज्वारचनका बुबा पनि निगममै वाइडबडी विमानका पाइलट हुन् भने उनकी आमा पनि निगमको क्याबिन क्रू विभागकी प्रमुख हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दिपुराज ज्वारचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।