कृष्ण अन्जान, गुल्मी । स्थानीय तहको निर्वाचनको समयमा चित्रकार सुमीत्रा राना सुत्पाराई गुल्मीका विभिन्न ठाउँमा आफ्नो चित्र मार्फत सचेतना फैलाउँदै गरेकाे भेटिईन् । कहिले उनी आफुले काेरेका चित्रका पाेका बाेकेर अर्वेनि त कहिले ठुलाेलुम्पेकमा सबैका सामु आफ्नो चित्रकला प्रदर्शन गरिन् ।
याे कुनै व्यवसायीक प्रदर्शनी थिएन, नितान्त आफ्नाे खर्चमा अनेक दुख कष्ट सहेर गाउँघरमा उनले चित्र मार्फत धेरै कुरा देखाउन खाेजेको बुझ्न सकिन्थ्यो ।
संस्कार र संस्कृतिलाई मेराे चित्रमा उतार्ने प्रयास गरेकी छु । समसामयिक विषयमा चित्र काेर्ने बानि परेकाेछ, म जे देख्छु त्यहि लेख्छु चित्रकार सुमित्रा राना सुत्पाराईले भन्छिन ।
वास्तवमा नेपाल प्रकृति र सँस्कृतिले भरिएकाे देश हाे यिनै प्रकृतिलाई चित्रमा उतारेर संस्कार र संस्कृतिप्रतिकाे प्रतिविम्व उनका चित्रहरुमा देख्न पाईन्छ ।
सानैदेखि चित्रकलाप्रतिकाे लगावले सुमित्रालाई याे क्षेत्रतिर तानेर लग्याे ।त्रिभुवन विश्वविद्यालयबाट ललित कलामा स्नातकोत्तर गरेकि चित्रकार सुमित्रा राना सुत्पाराईले लामाे समय काठमाडौमा बिताइन् । तर पछिल्लो समय उनी लुम्बिनी प्रदेशमा कृयाशिल छन् ।
उच्च शिक्षा पछि काठमाडौंका विभिन्न स्कुलहरुमा चित्रकलाकाे अध्यापन गराउँदै आएकि उनी अहिले बुटवलकाे एक वाेर्डिँगमा चित्रकला पढाउँछिन् ।
सुमित्राकाे सिर्जनाहरु समृद्धि र यसकासाँस्कृतिक, प्राकृतिक, राजनीतिक र सामाजिक जीवनका परिस्थितिहरु सँग एकाकार भएर बग्छन चित्रकलाका अग्रज हरु यसाे भन्छन ।
हुनपनि उनका चित्रकलामा विषयकाे उठान, आकृतिकाे प्रतिकात्नक चयन र रंगकाे सँयाेजनमा पनि कलाका बान्किहरु सचेत ढँगले उठान भएका छन ।
मुलुक राजनैतिक परिवर्तनका कार्यभार सम्पन्न पश्चात् समृद्धिकाे यात्रा तय गरिरहँदा कलाकार सुमित्रा राना सुत्पाराईकाे चित्रकला पनि शुखि नेपाली र समृद्ध नेपालकाे यात्रा तय गर्ने सन्देश बाेकेर काेरिएकाे आभाष हुन्छ ।
उनले यतिबेलासम्म आफ्नो कलालाई व्यवसायीक बनाएकि छैनन । तर बुटवलमा लुम्बिनी फाईन आर्ट मार्फत आफुलाई स्थापित गराउने प्रयास गरेकी छन ।
त्यसाे त उनी राष्ट्रिय जनसाँस्कृतिक महासँघ लुम्बिनी प्रदेशकि अध्यक्ष हुन । राजनीतिक रुपमा सचेत भएकै कारण उनकाे कलामा सामाजिक परिवर्तनका धारहरु पनि प्रतिविम्बित हुन्छन ।
करिब दुई दर्जन भन्दा बढि पुरस्कार र सम्मान पाउन सफल उनी त्यतिनै तालिम, सेमिनार हरुमा सहभागी भईसकेकी छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology