Logo

२०८३, आश्विन ११गते


images
images

मेलमिलापकर्ताका लागि देवदहमा ३ दिने पुनर्ताजगी तालिम सुरु 

मेलमिलापकर्ताका लागि देवदहमा ३ दिने पुनर्ताजगी तालिम सुरु 

images
  • मेलमिलापकर्ताका लागि देवदहमा ३ दिने पुनर्ताजगी तालिम सुरु 
    images
    images

    देवदह । देवदह नगरपालिका अन्तर्गत १२ वटा वडामा रहेका मेलमिलापकर्ताका लागि ३ दिने पुनर्ताजगी तालिम सुरु भएको छ।

    images
    images
    images

    तालिमको उद्घाटन सत्रमा बोल्दै देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलले मेलमिलापकर्ताहरुले गरेको कार्य सह्राहनिय रहेको बताए  । मुद्दा  मामिलाका क्रममा मेलमिलाप गर्दा कसैको पक्ष विपक्ष नभई निष्पक्ष रुपमा मिलाउन समेत मेलमिलाप कर्तालाई नगर प्रमुख खरेलले आग्रह गरे ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासेले अदालतमा धेरै मुद्दा हुँदा सर्वसाधारणले सास्ती पाएको बताउँदै स्थानीय तहमा मिलाउन सकिने खालका मुद्दा न्यायिक समिती मातहत रहदा सर्वसाधारणलाई सहज भएको बताए । तालिमले विवाद समाधानका लागि नयाँ कुरा सिक्ने अवसर मिल्ने विश्वास रहेको समेत बेलबासेले उल्लेख गरे ।

    images
    images
    images

    त्यस्तै कार्यक्रममा देवदह नगरपालिकाकी उपप्रमुख तथा न्यायीक समितिका संयोजक विद्या लक्ष्मी गुरुङले
    देवदह नगरपालिकामा हाल ७४ जना मेलमिलापकर्ता सुचिकृत रहेको बताईन् । कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले सरल र सहज ढंगले मुद्दा  मामिला तथा विवाद मिलाउन मेलमिलाप कर्ताको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।

    कार्यक्रममा नेपाल सरकारका उपसचिव टिकाराम शर्मा, देवदह नगरपालिकाका प्रबक्ता वडा नम्बर ५ का अध्यक्ष गणेश डुम्रे, वडा नम्बर ३ का अध्यक्ष यज्ञ प्रसाद अर्याल,वडा नम्बर ६ का वडा अध्यक्ष खेम बहादुर थापा, वडा नम्बर ८ का वडा अध्यक्ष हरि प्रसाद पाण्डे, नगर शिक्षा अधिकृत प्रशुराम ढकाल, न्यायीक समितिका सदस्य, मेलमिलापकर्ताहरुको सहभागीता रहेको छ । तालिमको सहजीकरण अधिबक्ता हेमा न्यौपानेले गरेकी थिइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।