Logo

२०८३, आश्विन १०गते


images
images

संघीय र प्रदेश सांसदको निर्वाचनमा होमिन कार्यकर्तालाई एमालेको निर्देशन  

संघीय र प्रदेश सांसदको निर्वाचनमा होमिन कार्यकर्तालाई एमालेको निर्देशन  

images
  • सेतोमसी सहकर्मी
  • संघीय र प्रदेश सांसदको निर्वाचनमा होमिन कार्यकर्तालाई एमालेको निर्देशन  
    images
    images

    कृष्ण अन्जान, गुल्मी । स्थानीय तहकाे निर्वाचनपछि निराश देखिएका नेता कार्यकर्ताहरूलाई उत्साहित बनाउन आयोजना गरिएको नेकपा (एमाले) गुल्मीको अगुवा कार्यकर्ता भेला सोमबार सकिएको छ । अगुवा भेलामा सहभागी कार्यकर्ताहरुलाई एमालेका केन्द्रिय नेताले पुराना कुरा बिर्सिएर प्रदेश र संघीय सांसदको निर्वाचनमा होमिन निर्देशन दिएका छन् ।

    images
    images
    images

    स्थानीय तहकाे निर्वाचन गुल्मीमा  एमालेका लागि निराशाकाे रुपमा रह्याे । अघिल्लाे निर्वाचनमा जित हासिल गरेका रेसुँगा नगरपालिका, मालिका, ईस्मा, मदाने र रुरुक्षेत्रमा कतै अध्यक्ष र उपाध्यक्ष दुबै गुमायो भने कतै अध्यक्षमा हार बेहाेर्न एमाले बाध्य भयो । यद्यपि सत्यवति छत्रकाेट र मुसिकाेटमा एमालेले जित हाँसिल गरेको छ । 

    images
    images
    images

    यसरी अघिल्लाे पटक भन्दा आधा कम पालिकामा जित हासिल गरेकाे एमाले गुल्मीका कार्यकर्ता निराश हुनु स्वाभाविक थियो  ।

    images
    images
    images

    यसैविच निर्वाचनपछि नेता कार्यकर्ताहरुले एक आपसमा अन्तरघातकाे आराेप लगाई रहँदा पार्टी भित्रकाे आन्तरिक संरचना खल्वलिने, कार्यकर्ताहरु बिच असमझदारी बढ्ने अवस्थापछि पार्टीले वडादेखि पालिकातहमा समीक्षापछि जिल्ला कमिटीको समीक्षा बैठक र अगुवा कार्यकर्ता भेलापछि पार्टीले विगतलाई भुलेर भावि लक्षलाई पछ्याउन नेता कार्यकर्तालाई निर्देशन गरेकाे छ ।

    कार्यकर्ताका माझमा बाेल्दै नेकपा एमाले केन्द्रीय कमिटीका उपहासचिव प्रदिप कुमार ज्ञवालीले 'प्रतिकुलता गठबन्धन र महागठबन्धन' का बिच पनि जनमतकाे हिसाबले नेकपा एमाले पहिलो पार्टी बनेकाे दावी गरे । उनले भने, "अब स्थानीय निर्वाचन तिर नफर्कौँ, भावि निर्वाचनतिर अगाडि बढौँ ।" 

    असमझदारी, असहयाेग र अन्तरघात कुन कारणले पार्टीले निर्वाचनमा क्षति बेहाेर्नु पर्याे यसकाे विश्लेषण गर्नुपर्ने बताउँदै उपमहासचिव ज्ञवालीले सँगठनात्मक अराजकता र अन्यरघात गर्ने छुट कसैलाई नभएकाे जिकिर गरे ।

    त्यसैगरी एमाले केन्द्रीय कमिटीका सचिव गाेकर्णले लाेकतान्त्रिक अभ्यासमा विश्वास गर्ने पार्टीका सदस्यले जित र हारलाई सामान्य रुपमा स्विकार्नु पर्ने बताउँदै निराश नहुन कार्यकर्तालाई आग्रह गरे । हारकाे कारण र कमजोरी खाेजेर त्यसलाई सच्याउँदै अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।

    जिल्ला कमिटीका सदस्य, निर्वाचित प्रमुख उप प्रमुख, वडाध्यक्ष, गाउँ कमिटि र पालिका कमिटीका अध्यक्ष, जनवर्गीय सँगठनका सदस्यहरुकाे बाक्लै उपस्थितिमा भएकाे भेलामा पार्टीलाई जिवन्त राख्न विगतलाई बिर्सेर एक ढिक्का हुन र कार्यकर्तालाई आराेप प्रत्याराेप  निषेध गरगरी संघिय र प्रदेश निर्वाचनमा केन्द्रित रहन निर्देशन गरेकाे छ ।

    भेला गुल्मी जिल्ला सदरमुकाम तम्घासमा शनिबार र आइतबार गरि  २ दिनसम्म संचालन भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।