Logo

२०८३, आश्विन ९गते


images
images

नर्विचलाई हराउदै म्यानचेस्टर सिटी काराबाओ कपको चौथो चरणमा

नर्विचलाई हराउदै म्यानचेस्टर सिटी काराबाओ कपको चौथो चरणमा

images
  • नर्विचलाई हराउदै म्यानचेस्टर सिटी काराबाओ कपको चौथो चरणमा
    images
    images

    काठमाडौँ । साविक विजेता म्यानचेस्टर सिटीले काराबाओ कपको तेस्रो चरणमा नर्विच सिटीलाई ५–० गोलले पराजित गर्दै चौथो चरणमा स्थान बनाएको छ ।

    images
    images
    images

    इतिहाद रंगशालामा गएराति भएको खेलमा सिटीले एकतर्फी प्रदर्शन गर्दै सहज जित निकालेको हो ।

    images
    images
    images

    सिटीको जितमा १७ वर्षीय फ्लोयड साम्बाले दुई गोल गरेका थिए । आफ्नो पहिलो खेलमै साम्बाले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले २९औँ मिनेटमा हेडमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि रयान शेर्कीले गोल गर्दै घरेलु टोलीको अग्रता २–० बनाएका थिए ।

    images
    images
    images

    दोस्रो हाफ सुरु भएको केही मिनेटमै सिटीले तेस्रो गोल गर्‍यो । ४८औँ मिनेटमा पहिलो खेल खेलिरहेका एलानले गोल गर्दै टोलीको अग्रता ३–० मा पुर्‍याए । ५४औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरे। उनले करिब २० यार्ड टाढाबाट उत्कृष्ट प्रहार गर्दै बललाई गोलको कुनामा पुर्‍याएका थिए ।

    खेलको अन्तिम मिनेटमा रायन म्याकआइडुले गोल गरेपछि सिटीले ५-० को शानदार जित सुनिश्चित गर्‍यो । नर्विचका मोहम्मद टुरेले ७४औँ मिनेटमा गोल गरे पनि उनी अफसाइड रहेको भन्दै गोल मान्य भएन । यो जितसँगै सिटीले काराबाओ कपको चौथो चरणमा स्थान बनाएको छ । अब उसले चौथो चरणमा ब्राइटनसँग घरेलु मैदानमा खेल्नेछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # म्यानचेस्टर सिटी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।