Logo

२०८३, आश्विन १०गते


images
images

वामदेव गौतमले खोले नयाँ पार्टी, नेकपा (राष्ट्रिय एकता अभियान) नामको दल दर्ता गर्ने तयारी

वामदेव गौतमले खोले नयाँ पार्टी, नेकपा (राष्ट्रिय एकता अभियान) नामको दल दर्ता गर्ने तयारी

images
  • वामदेव गौतमले खोले नयाँ पार्टी, नेकपा (राष्ट्रिय एकता अभियान) नामको दल दर्ता गर्ने तयारी
    images
    images

    काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता अभियानमा सक्रिय रहेका नेता वामदेव गौतमले अन्ततः नयाँ दल दर्ता गर्ने भएका छन्। नयाँ दलको नाम नेपाल कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) रहने पार्टी प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए। 

    images
    images
    images

    उनका अनुसार आजैबाट औपचारिक रुपमा निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अघि बढ्नेछ। नयाँ दल दर्ता भएपछि पहिलो प्राथमिकता नेपालका कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने अभियान हुने जनाइएको छ। 

    images
    images
    images

    प्रचार विभाग प्रमुख पाण्डेका अनुसार नयाँ पार्टी दर्ता गर्नुपूर्व चन्द्रागिरी रिसोर्टमा पार्टीको केन्द्रीय कमिटी बैठक बसेको थियो। सो बैठकले गरेका निर्णयहरु औपचारिक रुपमा मंगलबार दिउँसो ३ बजे हुने पत्रकार सम्मेलनमा जानकारी गराइनेछ।

    images
    images
    images

    ‘प्रमुखतः नेपालका कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने अभियान पहिलो प्राथमिकता हुनेछ,’ पाण्डेले भने । 

    पार्टीका संयोजक वामदेव गौतम, सचिव डिबी कार्की र प्रचार विभाग प्रमुखमा पाण्डे रहनेछन्। 

    पार्टीमा ६९ जना केन्द्रीय सदस्य, ९ सदस्यीय सचिवालय सदस्य हुनेछन्। त्यस्तै, सल्लाहकार समिति र राष्ट्रिय परिषद समेत गठन भएको उनले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।