कृष्ण अन्जान, गुल्मी । गुल्मीकाे भार्से गाउँमा पुगेका माधव श्रेष्ठले त्यहाँ गरिएकाे किवि खेती देखेपछि त्यहीँबाट एकजाेर किवीका विरुवा ल्याएर राेपेकाे दस वर्ष पूरा भएकाे छ ।
यतिबेला रुरुक्षेत्र गाउँपालिका वडा नं. ३ बिहार पाेखरा नजिकै रहेकाे उनकाे बारिमा लटरम्म किवि फलेकाे देख्न पाईन्छ ।
भार्सेबाट ल्याएका विरुवाले सात वर्ष पछि फल दिन शुरुगरेकाे र वर्षेनी सत्तरीदेखि असि हजारसम्म किवि बेचेको किसान माधव श्रेष्ठ बताउँछन् ।
"शुरुमा बिरुवा ल्याएर लगाउँदा याे हावापानीमा हुन्छ कि हुँदैन भन्ने पिरलाे थियाे तर किवि खेतिले थाेर्गाकाे हावापानी रुचायाे राम्रै हैन धेरै राम्रो उत्पादन भयाे" श्रेष्ठले भने । उनीसँग यतिबेला मात्र चारवटा किविका बाेट छन र यिनै बाेटले करिब तीन राेपनि जग्गा छपक्कै ढाकेकाे छ ।
"एउटै बाेटले त आधा राेपनी जग्गा ढाक्छ, पाँच सात वटा बाेट भए त दस राेपनि जग्गा चाहिन्छ" उनले भने । हुनपनि छाहारीका रुपमा रहेका किविका बाेटहरुमा लपक्कै रहरलाग्दाे गरि माधव श्रेष्ठको बारिमा किवि फलेका छन ।
किविकाे बजारमुल्य किलाेकाे छ सय छ । तर उनले घरैबाट चारसय रुपैयाँ किलाे बेचेका छन । "खै बुटवल तिर पुर्याउन सके त किलाकाे छ सय पनि पर्छ भन्छन, मैले त घरबाट चारसय रुपैया किलाे बेचेकाे छु" उनी सुनाउँछन् ।
यतिबेला फलेका किवि कार्तिक मंसिर तिर खाने लायक हुन्छन् । मुख्यरुपले याे फल प्रेसर सुगर लगाएतका बिरामीहरुका लागि उपयाेगि मानिन्छ भने डेँगुका लागि किवि रामबाण नै भएको जानकारहरू बताउँछन् ।
किविकाे व्यवसायीक उत्पादन र बिक्री बितरण गरिरहेका किसान माधव श्रेष्ठले अहिले यसको विरुवा पनि उत्पादन गरेका छन ।
एउटा रोचक के छ भने किवि यस्तो फल हाे यसकाे बिरुवा राेप्दा भालेपाेथि सँगै राेप्नु पर्छ र भालेपाेथि चिनेर राेप्ने हाे भने फल दिन्छ ।
किसान माधव श्रेष्ठले उत्पादन गरेकाे किविका विरुवाकाे मूल्य प्रति जाेडा पाँचसय रुपैया पर्छ ।
किविकाे बिरुवा लगाउने सिजन असार र साउन भएकाले यतिबेला लगाएका बाेटहरु सजिलै जाग्ने उनकाे भनाई छ । हसिंलो अनुहार बनाउँदै उनी भन्छन्, "काम गर्नु पर्छ, काइदाले काम गरे फाइदा हुन्छ ।"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology