Logo

२०८३, आश्विन १०गते


images
images

पोखरा महानगरपालिकामा नगर प्रहरीका १८ पदमा आवेदन खुला

पोखरा महानगरपालिकामा नगर प्रहरीका १८ पदमा आवेदन खुला

images
  • पोखरा महानगरपालिकामा नगर प्रहरीका १८ पदमा आवेदन खुला
    images
    images

    पोखरा । पोखरा महानगरपालिकाले नगर प्रहरी सेवामा विभिन्न पदमा पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

    images
    images
    images

    महानगरपालिकाले प्रतियोगितात्मक परीक्षामार्फत नगर प्रहरी सहायक निरीक्षक ४ जना र नगर प्रहरी जवान १४ जना गरी कुल १८ पदमा दरखास्त माग गरेको हो। पदपूर्तिसम्बन्धी निर्णय नगर कार्यपालिकाले गरेको हो ।

    images
    images
    images

    इच्छुक उम्मेदवारले २०८३ असोज १२ गतेदेखि असोज २६ गतेसम्म आवेदन दिन सक्ने र आवेदन पोखरा महानगरपालिकाको कार्यालयमा रहेको दरखास्त संकलन केन्द्रमा बुझाउन सकिने महानगरले जनाएको छ ।

    images
    images
    images

    आवश्यक दरखास्त फाराम महानगरपालिकाको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ । आवेदनका क्रममा नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभवको प्रमाणपत्र तथा हालसालै खिचिएको पासपोर्ट आकारको फोटोसहित आवश्यक कागजात पेश गर्नुपर्नेछ । तोकिएको म्यादपछि प्राप्त हुने वा रीत नपुगेका आवेदनउपर कुनै कारबाही नगरिने महानगरपालिकाले जनाएको छ ।

    पद, योग्यता, परीक्षा तथा आवेदनसम्बन्धी विस्तृत जानकारीका लागि पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।