Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा दुईदिने कविता लेखन प्रशिक्षण

देवदहमा दुईदिने कविता लेखन प्रशिक्षण

images
  • देवदहमा दुईदिने कविता लेखन प्रशिक्षण
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा दुई दिने कविता लेखन प्रशिक्षण कार्यक्रम सुरु भएको छ। देवदह नगरपालिकाको आर्थिक सहयोग तथा युगिन साहित्य समाज,अनुराग साहित्य समाज र उज्यालो लालटिन प्रतिष्ठानको आयोजनामा कविता लेखन प्रशिक्षण तथा जिवन र साहित्य विमर्शको चर्चा गरिएको हो ।

    images
    images
    images

    कविता लेखन प्रशिक्षणमा देवदहका १२ वटा विद्यालय बाट १३२ जना विद्यार्थीहरुको सहभागिता रहेको छ । प्रगतिशील लेखक संघ रुपन्देहीका अध्यक्ष  कविराज पौडेलले सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षण दिएका छन् । 

    images
    images
    images

    कविता लेखनको उद्घाटन सत्रमा बोल्दै युगिन साहित्य समाजका प्रमुख सल्लाहकार नमाकान्त पाण्डेले कविता एक वाणी भएको बताउँदै साहित्यले समाज परिवर्तनमा सकारात्मक भूमिका खेल्ने बताए । प्रमुख अतिथि समेत रहेका पाण्डेले प्रशिक्षणले साहित्यमा रुचि राख्ने विद्यार्थीहरुको लेखन कला निखारिन मद्धत हुने विश्वास समेत व्यक्त गरे । 

    images
    images
    images

    कार्यक्रममा  यज्ञ प्रसाद न्यौपाने 'दिपक', निर्मला पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रमको दोश्रो सत्र  भोलि शनिबार हुने र  साहित्यकार बूँद राना, डा.श्याम प्रसाद न्यौपाने, विनोद उदय, यज्ञ प्रसार न्यौपाने,  सरस्वती बस्याल, श्याम न्यौपाने, गणेश खनाल, सागर भट्टराई लगायतले रचना वाचन गर्ने युगिन साहित्य समाजका अध्यक्ष सुशील सापकोटाले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।