Logo

२०८३, कार्तिक २६गते


images
images

म्याग्दीमा पहिरोमा परी छ जनाको मृत्यु, तीन जना बेपत्ता

म्याग्दीमा पहिरोमा परी छ जनाको मृत्यु, तीन जना बेपत्ता

images
  • म्याग्दीमा पहिरोमा परी छ जनाको मृत्यु, तीन जना बेपत्ता
    images

    म्याग्दी । म्याग्दीमा असोज ८ गतेदेखि लगातार परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय बेनीका अनुसार स्थानीयवासी र प्रहरीको सहयोगमा पहिरोमा पुरिएका ६ जनाको शव फेला पारिएको हो ।

    images
    images
    images

    अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका १९ वर्षीय सविन गर्बुजा, अन्नपूर्ण गाउँपालिका–३ फगामकी ५४ वर्षीया योमाया पाइजा, मालिका गाउँपालिका–३ डाँडागाउँका ३१ वर्षीय चिरण पुन, सोही स्थानका २८ वर्षीय देवबहादुर पुन, अन्नपूर्ण गाउँपालिका–६ गिवाङकी ५ वर्षीया जेनी पुर्जा र अन्नपूर्ण गाउँपालिका–३ फगामकी शिल कुमारी गर्बुजाको शव फेला परेको प्रहरीले जनाएको छ।

    images
    images

    त्यस्तै, अन्नपूर्ण गाउँपालिका–६ गिवाङका ७५ वर्षीय ओमबहादुर तिलिजा, अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका मनोज गर्बुजा र बेनी नगरपालिका–३ भकिम्ली छेपारेकी कुमारी विक बेपत्ता रहेको प्रहरीले जनाएको छ। 

    वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो गएपछि प्रहरी परिचालन गरी थप खोज तथा उद्धार र राहत वितरणको काम भइरहेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत ७८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

    यसैबीच पहिरोका कारण बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्डका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा सम्पूर्ण यातायात आवागमन ठप्प भएको छ। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # म्याग्दीमा पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।