Logo

२०८३, कार्तिक २६गते


images
images

मलेखु–मुग्लिङ सडक

मलेखु–मुग्लिङ सडकखण्ड सुचारु, केही स्थानमा एकतर्फी आवागमन

मलेखु–मुग्लिङ सडकखण्ड सुचारु, केही स्थानमा एकतर्फी आवागमन

images
  • मलेखु–मुग्लिङ सडकखण्ड सुचारु, केही स्थानमा एकतर्फी आवागमन
    images

    धादिङ । पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिङ सडकखण्डको हुग्दी खोला नजिक पानीधारामा खसेको पहिरो पन्छाएपछि सडक सुचारु भएको छ ।

    images
    images
    images

    हिजो बेलुकी करिब ६ बजे ठूला चट्टानसहित पहिरो खसेपछि अवरुद्ध भएको सडक आज बिहान पहिरो पन्छाउने काम सम्पन्न भएसँगै सञ्चालनमा आएको हो ।

    images
    images
    images

    यद्यपि धारापानी, फिस्लिङ र जवाङ खोलामा सडकको छेउ भासिएका कारण ती स्थानमा सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको नागढुङ्गा-मुग्लिङ सडक आयोजनाले जानकारी दिएको छ । यसअघि लगातारको वर्षाका कारण मलेखु-मुग्लिङ सडकखण्डका विभिन्न स्थानमा पहिरो र सडक भासिने समस्या देखिएको थियो ।

    images
    images

    त्यस्तै आयोजनाले वर्षा रोकिए पनि पहिरो झर्ने जोखिम कायमै रहेकाले कृष्णभीर, धारापानी, फिस्लिङ, घोप्टेभीर, सिमलधारा तथा हुग्दी खोला–जवाङ खोला क्षेत्रमा यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

    आयोजनाले सवारी चालकलाई तोकिएको गतिसीमा कायम राख्न, लेन अनुशासन पालना गर्न, जथाभावी ओभरटेक नगर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्दै संयमित र सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मलेखु–मुग्लिङ सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।