Logo

२०८३, कार्तिक २६गते


images
images

समाचार

मुग्लिन–पोखरा सडकको पश्चिम खण्डको काम अन्तिम चरणमा

मुग्लिन–पोखरा सडकको पश्चिम खण्डको काम अन्तिम चरणमा

images
  • मुग्लिन–पोखरा सडकको पश्चिम खण्डको काम अन्तिम चरणमा
    images

    काठमाडौँ । मुग्लिन–पोखरा सडक आयोजनाको जामुने-पोखरा पश्चिम खण्डको निर्माण आगामी नोभेम्बरभित्र सक्ने लक्ष्य राखिएको छ । विद्युत् पोल सार्ने, मादी पुलको पहुँच मार्गका लागि जग्गा प्राप्त गर्ने र दमौली डिभिजन कार्यालय स्थानान्तरण गर्ने समस्या समाधान भएपछि निर्माणले गति लिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    ३८.४१ किलोमिटर लामो पश्चिम खण्डमा मुख्य चार लेन सडक र पुललगायतका प्रमुख संरचनाको निर्माण सकिएको र कुल ३८ किलोमिटर सर्भिस लेनमध्ये करिब ३२ किलोमिटर बनेको छ । त्यस्तै फुटपाथ र बाँकी करिब ६ किलोमिटर सर्भिस लेनको काम नोभेम्बरभित्र पूरा गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    ३१० मिटर लामो मादी आर्क पुलको संरचना बनिसकेको छ। पुलको फिनिसिङ र पहुँच सडक निर्माण बाँकी छ । १९० मिटर लामो सेती पुलको करिब ७० प्रतिशत काम पूरा भएको र बाँकी काम आगामी अप्रिलसम्म सक्ने तालिका रहेको छ ।

    images
    images

    आयोजनाको आबुखैरेनी-जामुने पूर्वी खण्डको निर्माण सम्पन्न भइसकेको छ भने सडक सुरक्षाका लागि जोखिमयुक्त पहिरो रोकथामसम्बन्धी थप अध्ययन र ठेक्का प्रक्रिया अघि बढाइएको मन्त्रालयले जानकारी दिएको छ ।

    मुग्लिन-आबुखैरेनी खण्डको करिब आठ किलोमिटरमध्ये चार किलोमिटर सडक मर्स्याङ्दी नदीपारिबाट बनाउने ठेक्का प्रक्रिया पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुग्लिन–पोखरा सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।