Logo

२०८३, कार्तिक २६गते


images
images

समाचार

महाकाली नदीको दोधारा–चाँदनी झोलुङ्गे पुल चुडियोको दोधारा–चाँदनी झोलुङ्गे पुल चुडियो

महाकाली नदीको दोधारा–चाँदनी झोलुङ्गे पुल चुडियोको दोधारा–चाँदनी झोलुङ्गे पुल चुडियो

images
  • महाकाली नदीको दोधारा–चाँदनी झोलुङ्गे पुल चुडियोको दोधारा–चाँदनी झोलुङ्गे पुल चुडियो
    images

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा-चाँदनी झोलुङ्गे पुल चुडिएको छ । बुधबार बिहान पुलको बीचको एक पोल महाकाली नदीले बगाएपछि पुल चुडिएको हो ।

    images
    images
    images

    महाकाली नदीमाथि निर्माण गरिएको यो पुल दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने महत्वपूर्ण संरचना रहेको थियो । नेपालको सबैभन्दा लामो झोलुङ्गे पैदलयात्री पुलमध्ये एक मानिने यो पुललाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा समेत चिनिन्छ।

    images
    images
    images

    पुलको लम्बाइ १ हजार ४५२.९६ मिटर र चौडाइ १.६ मिटर रहेको छ । महाकाली नदीले छुट्याएको दोधारा र चाँदनी क्षेत्रलाई जोड्ने यो पुलले भारत–नेपाल सीमासँग जोडिएको नेपाली भूभागमा आवतजावत सहज बनाउँदै आएको थियो ।

    images
    images

    यो पुल भीमदत्त नगरपालिकाबाट करिब १२ किलोमिटर दक्षिणपश्चिममा, महाकाली बाँधभन्दा करिब ८ किलोमिटर तल तथा भारतीय सीमाबाट करिब ५.५ किलोमिटर दक्षिणतर्फ रहेको छ । दोधारा–चाँदनी झोलुङ्गे पुलमा २०६२ सालदेखि आवतजावत शुरु भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।