Logo

२०८३, कार्तिक २६गते


images
images

समाचार

बेनी–मालढुंगा–कोरला सडकमा पहिरो हटाउने र संरचना निर्माण गर्ने काम तीव्र

बेनी–मालढुंगा–कोरला सडकमा पहिरो हटाउने र संरचना निर्माण गर्ने काम तीव्र

images
  • बेनी–मालढुंगा–कोरला सडकमा पहिरो हटाउने र संरचना निर्माण गर्ने काम तीव्र
    images

    म्याग्दी । बेनी-मालढुंगा-कोरला सडकअन्तर्गत विभिन्न स्थानमा पहिरो हटाउने, सडक कटानको पछाडिको भाग व्यवस्थापन गर्ने तथा टेवा पर्खाल निर्माण गर्ने काम तीव्र पारिएको छ ।

    images
    images
    images

    घासा-कोरला सडकखण्डमा पहिरो हटाएर दुईतर्फी यातायात सञ्चालन भइरहेको सडक विभागले जानकारी दिएको छ । मुस्ताङ-बेनी सडकखण्डका विभिन्न स्थानमा सडक कटानको पछाडिको भाग व्यवस्थापन तथा टेवा पर्खाल निर्माण गरी भोलि बेलुकासम्म यातायात सञ्चालन गर्ने गरी काम भइरहेको विभागले जनएको छ ।

    images
    images
    images

    त्यस्तै, तातोपानी क्षेत्रमा सडक कटानको पछाडिको भाग व्यवस्थापन तथा टेवा पर्खाल निर्माणको काम भइरहेको र उक्त क्षेत्रमा आज बेलुकासम्म यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ । त्यस्तै, पोखरेबजार पुलको पहुँचमार्ग निर्माणको काम भइरहेको छ भने उक्त काम भोलि बेलुकासम्म सम्पन्न गरी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ ।

    images
    images

    अर्कोतर्फ, राघुघाट जलविद्युत् आयोजनास्थित सडकमा पनि कटानको पछाडिको भाग व्यवस्थापन तथा टेवा पर्खाल निर्माण भइरहेको छ । सो स्थानमा भोलि बेलुकासम्म यातायात सञ्चालन गर्ने गरी काम अघि बढाइएको विभागले जनाएको छ ।

    यसैगरी, मालढुंगा-बेनी सडकखण्डको केराबारीमा पहिरो गएको स्थानमा पनि पछाडिको भाग व्यवस्थापन तथा टेवा पर्खाल निर्माण गरी यातायात सञ्चालन गर्ने काम भइरहेको छ । सडकका विभिन्न स्थानमा एकैसाथ काम अघि बढाइएकाले अवरुद्ध तथा जोखिमयुक्त सडकखण्डलाई क्रमशः सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।