Logo

२०८३, आश्विन ११गते


images
images

माण्डव्य वंशीकाे तेस्रो सम्मेलन रिडीमा सम्पन्न, वंशीय ईतिहासको खोज गरिने

माण्डव्य वंशीकाे तेस्रो सम्मेलन रिडीमा सम्पन्न, वंशीय ईतिहासको खोज गरिने

images
  • माण्डव्य वंशीकाे तेस्रो सम्मेलन रिडीमा सम्पन्न, वंशीय ईतिहासको खोज गरिने
    images
    images

    कृष्ण अन्जान, गुल्मी । संघिय राज्य प्रणालीकाे शुरुवात सँगै जातिय अधिकार र पहिचानका कुरा मात्र उठेनन् समानुपातिक राज्य व्यवस्थाले जातिय अधिकारलाई पनि स्थापित गरेकाे छ ।

    images
    images
    images

    लामाे समयसम्म दविएका जाति जनजाति तथा सिमान्तकृत समुदायले अधिकार पाएका छन् । राज्यका निकाए हरुमा पुगेका छन् ।

    images
    images
    images

    यतिबेला जातिय मात्र नभएर वँशीय ईतिहास खाेज्ने काम पनि शुरु भएकाे छ । 'आफै खाेजौँ आफ्नो पहिचान, अघि बढौ गरौँ पुर्खाकाे सम्मान !' यहि अवधारणाका साथ माण्डव्य वंशीयहरुले माण्डव्य ऋषिकाे तपाेभुमी पाल्पाकाे माडि नजिकैकाे जिल्ला रिडीमा ताेस्राे केन्द्रीय अधिवेशन सम्पन्न गरेका छन ।

    images
    images
    images

    "हाम्रो अभियान पुर्खाकाे सम्मान गर्नु र माण्डव्य वँशीयहरुकाे ईतिहास खाेज्नु हाे । याे कुनै राजनीतिक सँगठन हाेईन र पुर्ण रुपले ईतिहास र पौराणिकताकाे खाेज अनुसन्धान मुलक सँस्था हाे"  माण्डव्य समाजका केन्द्रीय अध्यक्ष हेमन्त राज माण्डव्यले भने ।

    साेध र अनुसन्धानमा जुटेकाे माण्डव्य सेवा समाजले माण्डव्य वंशकाे शुरुवात गर्ने माण्डव्य ऋषिकाे तपाेभुमि पाल्पाको माडि फाँट भएकाे मान्यता राख्छ । यहि माडिफाँटमा माण्डव्य ऋषिले  तपस्या यज्ञादि गरेकाे र यहिवाट वँश शुरुवात भएपछि नेपालका विभिन्न भाग र भारततिर समेत वँश फैलिएकाे ईतिहास रहेको उनीहरू बताउँछन् ।

    माण्डव्य गाेत्रीयभित्र भण्डारी, ज्ञवाली, अधिकारी, बजगाँई, रावल लगाएतका प्रमुख थरहरु छन् भने माण्डव्य समाजले गरेकाे अध्ययनले बयानव्वे थरी फेला पारेकाे र दुई थरी लाेप भईसकेकाे र नव्वे थरि कायमै रहेको उनले बताए ।

    माण्डव्य सेवा समाजले देशका अठसठ्ठि जिल्लामा आफ्नो सँगठन निर्माण गरिसकेकाे छ र खाेज अनुसन्धान भारतमा पनि जारि राखेको छ ।

    माण्डव्य गाेत्रियहरुकाे पुर्ख्यौलीकाे विगत देखि वर्तमान सम्मलाई पछ्याउँदै जाँदा माडीफाँट क्षेत्रबाट भारतकाेकस्मिर, हिमान्चल, उत्तराखण्डलाई छिचोल्दै डाेटि बाँझगाउँमा कर्मथलाे बनाए पछि यहाँबाट पनि अछाम जुम्ला हुँदै देशैभरि छरिएकाे हजारौं वर्षको ईतिहास छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।