नुवाकोट । सामाजिक सेवा फाउन्डेसन नेपालले बाढी प्रभावित बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।
फाउन्डेसनले बुधबार विदुर नगरपालिका–५, मझिटारस्थित ग्वादी पब्लिक माध्यमिक विद्यालयमा अध्ययनरत ६५ जना विद्यार्थीलाई १ लाख रुपैयाँ बराबरको शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको जनाइएको छ ।
बाढीका कारण प्रभावित बालबालिकाको पढाइमा समस्या नहोस् र पठनपाठनसँगै खेलकुद गतिविधिलाई निरन्तरता दिन सकियोस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको फाउन्डेसनका उपाध्यक्ष रोहित वाग्लेले बताए ।
कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष रविना राय क्षेत्री, विदुर नगरपालिका–५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, विद्यालयका प्रधानाध्यापक गणेशबहादुर कुँवर, स्थानीय शर्मिला थापा मगरलगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology