काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलका नेताहरूलाई अमेरिकासँग भएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) को विषयमा आफूलाई आरोप नलगाउन चेतावनी दिएका छन् ।
आज साेमवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धन दलका नेताहरूले आफू प्रधानमन्त्री हुँदा नै सुटुक्क एसपीपीमा हस्ताक्षर गरेको भ्रम फैलाइरहेको भन्दै जथाभाबी नबोल्न चेतावनी दिएका हुन् ।
ओलीले एसपीपीबारे कहिले के भयो भन्ने विषयमा पनि संसदमा तर्क पेस गरेका छन् । उनले सरकारले हरेक क्षेत्रमा अत्ति नै गर्न थालेको आरोप लगाए ।
यसअघि आफ्नो सरकार हुँदा नेपाली कांग्रेसका नेता गगन थापाले अब त अत्ति भयो अर्थात् 'इनफ इज इनफ' भनेको कुरातर्फ सङ्केत गर्दै ओलीले भने, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इनफ इज इनफ, अब चाहिँ अति नै भयो ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology