काठमाडौं । देशका ठूला पार्टीहरुले देखाएको जनताप्रतिको उदासिनता र देश जनता केही होइनन हामी नै सर्वेसर्वा हौ भन्ने सोंचबाट राज्य सञ्चालन गर्दा जनतामा पार्टी प्रतिको अकार्षण कम हुँदै गएको छ । जसले गर्दा आसन्न संघीय चुनाबमा पाटीका उमेदवार भन्दा स्वतन्त्र उमेदवारहरु बढी हावी हुने अनुमान समेत गरिएको छ ।
देशैभरि चुनावको मिति घोषणा नहुदै स्वतन्त्ररुपमा उमेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । यसैक्रममा काठमाडौ जिल्ला क्षेत्र नं. ५ बाट व्यवसायी बाबुराम पोखरेलले स्वतन्त्र उमेदवारी घोषणा गरेका छन् ।
समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी सरकारी तथा गैह्र सरकारी क्षेत्रमा काम गरी अनुभव संगालेका व्यवसायी युवा हुन् । लामो समयदेखि सोहि क्षेत्रमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका उनी जनताका वीचमा लोकप्रीय रहेको उनका समर्थक वासुदेव पोख्रेल बताउँछन् ।
यो क्षेत्र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जितेको क्षेत्र हो । जसमा काठमाडौ महानगरका वडा नं. २, ३, ४, ५ बुढानीलकण्ठका वडा नं. ३,४,५,६, ७ र टोखा का २,३,४,५,६, ७ पर्दछन् ।
देशमा बढ्दै गएको अराजकता, भ्रष्टचार, महंगी, देश भन्दा पार्टि र तिनका नेता ठुला हुन भन्ने गलत संस्कारको अन्त्यगरी सुशासन, जनता प्रतिको उत्तरदायीत्व, समानता, जवाफदेहीता, पारदर्शिता सहितको समृद्ध नेपालको मुद्धाहरु लिएर आफू जनताको वीचमा जाने पोखरेल बताउँछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology