Logo

२०८३, आश्विन २१गते


images
images

अन्तर्राष्ट्रिय

इरान युद्धमा अमेरिकाले ८१ सैन्य विमान र ड्रोन गुमायो, ३.३ अर्ब डलरभन्दा बढीको क्षति

इरान युद्धमा अमेरिकाले ८१ सैन्य विमान र ड्रोन गुमायो, ३.३ अर्ब डलरभन्दा बढीको क्षति

images
  • इरान युद्धमा अमेरिकाले ८१ सैन्य विमान र ड्रोन गुमायो, ३.३ अर्ब डलरभन्दा बढीको क्षति
    images
    images

    काठमाडौं । इरानमा यस वर्ष सुरु भएको युद्धका क्रममा अमेरिकाले कम्तीमा ८१ वटा सैन्य विमान तथा ड्रोन गुमाएको वा क्षति बेहोरेको नयाँ अमेरिकी कंग्रेसनल रिसर्च सर्भिसको प्रतिवेदनले जनाएको छ ।

    images
    images
    images

    यी क्षतिको कुल मूल्य करिब ३.३ अर्ब अमेरिकी डलर रहेको प्रतिवेदनमा उल्लेख छ । क्षतिमा अमेरिकाका अत्याधुनिक एफ-३५ए लाइटनिङ-२, एफ-१५ लडाकु विमान र एमक्यू-९ रिपर ड्रोन समेत छन्। प्रतिवेदनअनुसार अमेरिकाले १२ एफ-१५ई, एक एफ-३५ए, दुई ए-१० थन्डरबोल्ट-२ र सात केसी-१३५ स्ट्राटोट्याङ्कर गुमाएको छ ।

    images
    images
    images

    कुवेतमाथि मार्च २ मा भएको ‘फ्रेन्ड्ली फायर’ घटनामा तीन एफ-१५ विमान खसालिएका थिए भने त्यसको अर्को महिना इरानमाथि थप एउटा एफ-१५ खसालिएको प्रतिवेदनमा उल्लेख छ। सेप्टेम्बर ९ र १० मा जोर्डनस्थित मुवाफ्फाक सल्ती हवाई आधारमा भएको इरानी हवाई आक्रमणमा कम्तीमा थप आठ एफ-१५ई विमानमा सामान्य क्षति पुगेको थियो ।

    images
    images
    images

    अमेरिकाले एक ई-३ सेन्ट्री, दुई एमसी-१३०जे कमान्डो-२, एक एचएच-६०डब्लू जॉली ग्रिन-२, एक एमक्यू-४सी ट्राइटन, तीन एमक्यू-१ र ४५ एमक्यू-९ रिपर ड्रोन समेत गुमाएको प्रतिवेदनले जनाएको छ। यसबाहेक एक एएच-६४ अपाचे, चार एएच-६ लिटल बर्ड र एक एमएच-६० सी हक हेलिकोप्टर पनि युद्धमा गुमाइएको उल्लेख छ ।

    प्रतिवेदनअनुसार ई-३ सेन्ट्रीको मूल्य मात्रै प्रतिविमान २७ करोड डलर रहेको छ। एमक्यू-९ रिपर ड्रोनको अनुमानित मूल्य प्रतिवटा ३ करोडदेखि ५ करोड डलरसम्म तथा एफ-३५ए लडाकु विमानको मूल्य ९ करोड २० लाख डलरभन्दा बढी रहेको उल्लेख छ ।

    अमेरिकी सेनाले इरानमा प्रयोग गरेका हतियारको खर्चसमेत तीव्र रूपमा बढेको छ। कंग्रेसनल बजेट अफिसको पछिल्लो विवरणमा २१.७ अर्ब डलर रहेको खर्च अमेरिकी सेन्ट्रल कमान्डको अनुमानमा बढेर २८.१ अर्ब डलर पुगेको छ। यद्यपि केही सैन्य विवरण अझै गोप्य रहेकाले क्षतिको संख्या परिवर्तन हुन सक्ने र क्षतिग्रस्त केही विमान मर्मतपछि पुनः सञ्चालनमा आउन सक्ने प्रतिवेदनले जनाएको छ । अमेरिकी ह्वाइट हाउस र रक्षा मन्त्रालयले भने प्रतिवेदनबारे अहिलेसम्म प्रतिक्रिया दिएका छैनन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान
  • # अमेरिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।